अगामी चार बर्षभित्र प्रदेशलाई साक्षर प्रदेश घोषण गछौं ः शिक्षा मन्त्रि यादब

  • भाद्र १७, २0८0
  • 0
...

कञ्चनपुर,भदौं १७ गते । 
मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण मन्त्रि महेश प्रसाद यादबले अगामी चार बर्षभित्र प्रदेशलाई साक्षर प्रदेश घोषण गर्ने बताएका छन् ।
जनमत पार्टीको कञ्चनरुप नगरपालिकामा कार्यकर्ताहरुलाई शनिबार सम्बोधन गर्दै मन्त्री यादबले सो कुरा बताएका हुन् । मन्त्री यादबले भने,‘ नयाँ संघीय शिक्षा ऐन पारित भएसँगै प्रदेशले शिक्षा ऐन बनाएर स्वयमसेवक शिक्षक भर्ना गरि शिक्षामा सुधार गछौं ।’ 
मन्त्री यादबले प्रदेशको प्रत्येक निर्वाचन क्षेत्रमा एक प्राधिक विद्यालय स्थापना गरेर व्यवस्थित गर्ने बताए । मधेश प्रदेशको शिक्षाको अवस्था दयनिय हुनुमा राज्य मुख्य दोषी भएको समेत मन्त्री यादबले आरोप लगाए । 
 जनमत पार्टीको कञ्चनरुप नगरपालिकाको नगर संयोजक अर्जुन पंजियारको अध्यक्षतामा सम्पन्प कार्यक्रममा पार्टीका केन्द्रिदय सदस्य शिवनन्दन मेहता,बुद्धिसागर चौधरी,रामदेव खंग,युवा जनमत संघका नगरअध्यक्ष अफाक हक,मनोज साह,जगदीश साह लगायतका कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
  
 

प्रतिक्रिया