किशोर पासवान
कञ्चनपुर,भदौं १८ गते ।
कञ्चनरुप नगरपालिकाका ३७ प्रतिशत जनता अनपढ छ तर कञ्चनपुर नगर अस्पतालले फार्मेसीबाट औषधी खरीद गर्दा म्याद सकेको छ छैन हेरेर मात्र लिन सूचना जारी गरेको छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार कञ्चनरुप नपाको साक्षरता दर ६७. ३ प्रतिशत छ । जसमा महिलाको ५८.७ प्रतिशत र पुरुष ७६.५ प्रतिशत छ । अझ कञ्चपुर नगर अस्पतालमा सेवा लिन जाने अधिकाश गरिब,विपन्न र शैक्षिक रुपमा कमजोर वर्गकै व्यक्तिहरु जाने गरेका छन् । अवलोकित दैनिकले पटक पटक फार्मेसीबाट म्याद ग्रुजिएको औषधी वितरण भएको समाचार तथ्य सहित प्रकाशित गरेको छ । अझ नगर अस्पताल व्यवस्थापन समितिले स्वयमले पनि फार्मेसीमा म्याद सकेको औषधी थुप्रै भेटाएको छ तर यसमा संलग्नलाई कार्यवाही गर्नुका सट्टा जनतालाई नै दोषी देखाउदै आफै औषधी जाँच गरेर लिन सूचना जारी गरेको छ ।
सप्तरीको कन्चनरुप नगरपालिका ८ कंचनपुर स्थित रहेको कंचनपुर नगर अस्पतालमा प्राय गरिब दलित बिपन्न वर्गका बिरामीहरुले सेवा लिने गरेको अस्पतालमा फार्मेसीबाट प्राप्त गरेको औषधिको मुल्य र म्याद गुज्रिने अन्तिम मिति म्याद सकिएको समय र मिति हेरि मात्र औषधि लिनहुनका लागि केही दिन अगाडि एक सुचना जारी गरि औषधि काउन्टर अगाडि टाँस गरिएको पाइएको छ ।
केही दिन अगाडि कंचनपुर नगर अस्पतालले फार्मेसीबाट प्राप्त गरेको औषधिको मुल्य र म्याद गुज्रिने अन्तिम मिति एक्सपाईर डेट हेरि मात्र औषधि लिनु हुनका लागि अनुरोध संगै अन्यथा अस्पताल जिम्मेवार नहुने ब्यहोरा सर्वसाधारण सम्पुर्णमा जानकारीको लागि अनुरोध गरिएको उक्त सुचनामा उल्लेख छ ।
क्ञ्चनरुप नगरपालिकाका स्वास्थ्य शाखा कंचनपुरका जनस्वास्थ्य अधिकृत रामसेवक यादवले अस्पताल व्यवस्थापनि समिति नै बसेर नै निर्णय गरेर सूचना प्रकाशित गरिएको बताए । समाजसेवी अरुण कुमार यादवका अनुसार केही दिन अगाडि एक्स्पाईर डेट औषधि बिरामीलाई दिएका थिए तर यहाँ त प्राय गरिब र विपन्न तथा दलित वर्गका तै पनी असाक्षर रहेको बिरामीहरु आउने गएकोले डेट एक्सपाईर कसरी हेर्ने प्रश्न गरे ।
फार्मेसीबाट प्राप्त गरेको औषधिको मुल्य र म्याद गुज्रिने अन्तिम मिति एक्सपाईर डेट हेरि मात्र औषधि लिनु हुनका लागि अनुरोध गर्नुका मतलब अझै अस्पतालमा म्याद सकिएको औषधी बाँकी रहेको आशंका यादबले गरे ।
प्रतिक्रिया