किशोर पासवान
कञ्चनपुर, भदौं १९ गते । जनमत पार्टी सप्तरी क्षेत्र नं. १ को आयोजनामा कञ्चनरुप नगरपालिका – ७ बलुवा चौकमा पार्टी प्रवेश कार्यक्रम आयोजना हुने भएको छ ।
जनमत पार्टीका अध्यक्ष सीके राउतको प्रमुख अतिथित्यतामा पार्टी प्रवेश कार्यक्रम हुन लागेको पार्टीका केन्द्रिय सदस्य शिवनन्दन मेहतो जनाएको छ । भदौँ २० गते बुधबार विहान ८ बजे पार्टी प्रवेश कार्यक्रम आयोजना गरिउको र संयौंका संख्या पार्टी प्रवेश गर्ने तयारी भएको महतोले जानकारी दिएको छ ।
पछिल्लो समय जनमत पार्टीको सक्रियता र कार्यकौशलले आकर्षित गरेपछि अन्य पार्टी परित्याग गरि जनमतमा प्रवेशको लहर चलेको छ ।
प्रतिक्रिया