किशोर पासवान
कञ्चनपुर, असोज ७ गते । सप्तरीको कञ्चनरुप नगरपालिकाको अनुगमन टोलीले राहत वितरणमा अनियमिता गरेका कुनै किसिमको कार्यवाही नगरेको भन्दैं बाढी पिडितहरुको विवरणको नक्कल उपलब्ध गराउन सोमवार माग गरिएको छ ।
कञ्चनरुप न.पा १ बैरवामा बाढी पिडितहरुको राहत रकमबाट जनप्रतिनिधि र वडा सचिवले कमिशन खाएको भन्दै अनुगमन टोली खटीएको थियो । अनुगमन टोलीले कुनै किसिमको कार्यवाही र वास्तवीक बाढी पिडितहरुले राहत नपाएकोले अनुगमन टोलीको प्रतिवेदन,छनोट गरेको नामावली विवरण तथा रकम बुझाएको नामावली विवरणको नक्कल आवश्यक भएकोले उपलब्ध गराई स्थानिय गर्भी पंजियारले कञ्चनरुप नगरपालिकामा माग गरिएको छ ।
२०७६ साल भाद्र ९ गते नगरपालिकाको कार्यालयमा निवेदन पेश गरेकोमा गत भाद्र २२ गते अनुगमन टोली खटी आएको तर अहिले सम्म सो टोलीले कुनै किसिमको प्रतिक्रिया नदिएकोे पंजियारले बताए । कञ्चनरुप नगरपालिकाका सामाजिक विकास शाखाका राजेश कुमार यादवले भने अनुगमनका संयोजक जगन श्रेष्ठ आपना काम विशेषले बाहिर रहेको बताए ।
प्रतिक्रिया