किशोर पासवान
कञ्चनपुर,भदौं २० गते ।
सशस्त्र प्रहरी बल नेपाल दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरी बरमझियाका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दिग बिजय सुवेदीले कोशी ब्यारेज नकिज भ्यू टावर बनाउन सुझाव दिएका छन् ।
नवआगन्तुक एसएसपी सुवेदीले बुधबार चियापान कार्यक्रममा उक्त सुझाव दिएका हुन् । देशका विभिन्न नदी छेऊमा भ्यू टावरबाट अनुगमन गर्न सजिलो हुने बताए । उनले भने, ‘ भ्यू टावर बन्यो भने तालिम प्राप्त सशस्त्र प्रहरी उद्दार कार्यमा प्रयोग हुने सामग्री सहित उपस्थित रहन्छ ।’
एसएसपी सुवेदीले विपत्त व्यवस्थापन सम्बन्धि तालिम समुदायिकस्तरमा संचालन गर्न आपूm तयार रहेकोले त्यसका लागि सहकार्य गर्न जोड दिएका थिए । हाम्रो मुख्य काम तालिम र शिक्षालय भएकाले समुदायस्तरमा काम गर्ने मेरो प्राथमिकता छ ।’
कञ्चनरुप नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष रब्बान खाँन,१२का देवीबहादुर खत्री र २का मेहदी हुसैनले कोशी टाप्पु वन्यजन्तु आरक्ष कार्यालयबाट जनावरहरुबाट पीडित हुने गरको समस्या राखेका थिए । गाउँघरमा यूवाहरु लागुऔषधको कुलतमा परेको भन्दै त्यसतर्फ पनि ध्यान दिन वडाअध्यक्षहरुले जोड दिएका थिए ।
कंकालिनी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष श्यामसुन्दर मण्डलले मन्दिरको भिड व्यवस्थापनका लागि ४० जना यूवाहरुलाई १५ दिने तालिम आयोजना गर्ने र त्यसमा शिक्षालयले सहयोग गर्न आग्रह गरेका थिए । पत्रकार भोला पासवानले भारदह,कोशी ब्यारेजदेखी बरमझियासम्म लागु औषधको मुख्य केन्द्र भएकोले त्यसतर्फ कडाइ गर्न आग्रह गरेका थिए । विपत्त सम्बन्धि तालिम समुदायिक स्तरमा गर्दा त्यसले समुदायसँगै प्रहरीलाई समेत सूचना सहज रुपमा आउने पत्रकार पासवानको जोड थियो ।
कार्यक्रममा कञ्चनरुप,हनुमानगर कंकालिनी,तिरहुत गाउँपालिकाका जनप्रतिनिधि,समाजसेवी,व्यापारी र अगुवाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सशस्त्र प्रहरीको भारदह बेस क्याम्पको डिएसपी दिनेश श्रेष्ठ,इलाका प्रहरी कार्यालय भारदहका प्रमुख,फत्तेपुर वेस क्याम्पका प्रमुख लथगायतको समेत उपस्थिती रहेको थियो । तालिम केन्द्रको स्तर उन्नती भएपछि मधेश प्रदेशको तालिम केन्द्रको रुपमा रहनेछ । यसअघि डिएसपीको कमाण्डमा रहेपनि अव एसएसपीको कमाण्डमा शिक्षालय रहनेछ ।
प्रतिक्रिया