पहाडको हुम्ला,जुम्ला भन्दा पनि मधेशको शिक्षा कमजोर छ : डाक्टर सिके राउत

  • भाद्र २0, २0८0
  • 0
...

कञ्चनपुर,भदौं २० गते । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डाक्टर सिके राउतले पहाडको हुम्ला,जुम्ला भन्दा पनि मधेशको शिक्षा कमजोर रहेको बताएका छन् ।
जनमत पार्टी सप्तरी क्षेत्र नं. १ (क)कञ्चनरुप ७ बलुवाको बुधबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमको प्रमुख अतिथिको आसनबाट बोल्दै सो कुरा बताएका हुन् । ‘एक समय मधेश शिक्षामा समृद्ध थियो, अहिले हुम्ला,जुम्लाभन्दा पनि हामी कामजोर छौं,त्यसैले शिक्षामा जोड दिनुपर्छ ।’ अध्यक्ष राउतले भने, ‘ किसान,गरिब,सर्वहारा,मजदुरका लागि स्थापित भनिएको पार्टीले कहिले पनि किसान,मजदुर र सर्वहाराका लागि आन्दोलन गरेको छ ? भन्दै प्रश्न गरे । किसानको आन्दोलन गर्ने एक मात्र पार्टी जनमत पार्टी रहेको दावी  गर्दै डाक्टर राउतले भने,‘पैसा तिरेर किसानले मल पाउन सकिरहेको छैन,छिमेकी मुलुकबाट मल ल्याउदा प्रहरी नै गोली चलाउछ ।’ सरकारमा जादा समेत आफनो पार्टीले ठूलो मन्त्रालय माग्नुका सट्टा कृषि र उद्योग मन्त्रालय मागेको बताउँदै भने,यहाँका किसान र बेरोजगार यूवाहरुको लागि केही गर्न सकिन्छ भनेर प्रयास गरेको तर अहिलेको संसदको संख्याले धेरै गर्न नसकेको बताए । 
मधेशी,दलित,थारु लगायत उत्पीडित समुदायले अधिकारका लागि आन्दोलन गर्दा काग्रेस,माओवादी र एमाले पार्टी नेतृत्वको सरकारले गोली चलाएको स्मरण गर्दै अध्यक्ष राउतले भने,‘मधेशी समुदायको आन्दोलनमा दमन गर्ने पार्टीबाट मुक्ति हुदैँन,त्यसैले अब दलित,मुस्लीम,मधेसी,थारु लगायतको उत्पीडित समुदायको भरोसा जनमत पार्टी नै हो । ’
दलित,मुस्लीम,मधेसी,थारु लगायतको उत्पीडित समुदायका छोरा छोरीलाई लालकलम चलाउने  अवस्थामा पु¥याउन निजामति ऐन संशोधनको क्रममा रहेको बताउँदै डाक्टर राउतले अव मधेशीसँगै आदिवासी जनजाती र थारुको छुटै कोटा हुने बताए । कार्यक्रममा नेपाली काग्रेस,एमाले,जसपा लगायतका पार्टी परित्याग गरि संयौंका संख्यामा स्थानीयहरु जनमत पार्टी प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाई पार्टी अध्यक्ष राउतले माला र अविर लगाएर स्वागत गरेका थिए ।
कार्यक्रममा प्रशान्त चौधरी, सुशिल राम, र मोहम्मद लुकमानको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरि संयौंका संख्यामा स्थानीयहरु जनमत पार्टी प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाई पार्टी अध्यक्ष राउतले माला र अविर लगाएर स्वागत गरेका थिए । पार्टी प्रवेशका लागि युवा जनमत संघ कञ्चनरुपका नगर अध्यक्ष अफाक हक (कालु), मनोज साह, संजय दास, सुरेश दास, हिर मोहम्मद र नेरेश इसर लगायतका युवाहरुले दुई दिन भित्र छोटो समयमा भव्य कार्यक्रमको आयोजना गर्न सफल भएका छन् ।
पार्टी प्रवेश कार्यक्रममा मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादव,प्रदेशसभा सदस्य सतिश सिंह,रञ्जु खंग,सकिल अलि,हनुमानगर कंकालिनी नगरपालिकाका नगरप्रमुख विरेन्द्र माझी लगायतको उपस्थिती रहेको थियो ।  जनमत पार्टीका केन्द्रीय सदस्य तथा क्षेत्र नं. १ (क) प्रदेश सभा सदस्यको प्रत्यासी उमेदवार शिवनन्दन महतोको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो ।
 

प्रतिक्रिया