कञ्चनरुपमा बढ्दै क्यान्सरको बिरामी, हालसम्म ४७ जनाले उपचारका लागि लिए सिफारिस

  • भाद्र २३, २0८0
  • 0
...

सुशिन्द्र पासवान
कञ्चनपुर,भदौं २२ गते । कञ्चनरुप नगरपालिकामा क्यान्सरका बिरामी बढिरहेका छन् । कञ्चनरुप नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार हालसम्म पालिकामा ४७ जना क्यान्सरका बिरामी फेला परेको जनाएको छ । 
कञ्चनरुप नगरपालिकाबाट क्यान्सरका ४७ जना बिरामीले सहुलियतका लागि सिफारिस लिएका छन् । क्यान्सर लागेको तर सिफारिस लिन नआएका बिरामीहरु अझ बढी हुन सक्ने शाखाले जनाएको छ । 
४७ जना क्यान्सरका विरामीमध्ये सबैभन्दा बढी फोक्सोको क्यान्सर ६ जना,स्तन क्यान्सर ६ मुखको क्यान्सर ६ जना रहेको देखिन्छ । त्यसैगरि पाठेघरको मुखको क्यान्सर २ जना,रगतको क्यान्सरका बिरामी ३ जना रहेका छन् । त्यसैगरि छालाका २,घाटीका २ जना बिरामी रहेका छन् ।
पुरुषहरुमा बढी हुने क्यान्सरमा फोक्सो, पेट, प्रोस्टेट, हड्डी र रगतको क्यान्सर देखिन्छ । महिलाहरुमा पहिला पाठेघरको क्यान्सर बढी हुन्थ्यो, अहिले स्तन क्यान्सर बढी छ ।
यस्तै, महिलाहरुमा हुने प्रमुख क्यान्सरमा फोक्सोको पनि हो। डिम्बाशयको क्यान्सर पनि महिलाहरुमा बढी छ । स्तन क्यान्सर बढी देखिनुमा अहिले पाठेघरको क्यान्सरको पहिचानका लागि सुरुमा नै प्यापस्मेयर परीक्षण हुने भएकाले पनि हो। यो परीक्षणमा क्यान्सर हुने सुरुको अवस्थामा नै पहिचान हुने भएकाले यो क्यान्सर हुनेको संख्या तल झरेको हो। अहिले यो क्यान्सर एक नम्बरबाट २ नम्बरमा झरेको छ । विश्वभरको तथ्यांकलाई हेर्ने हो भने फोक्सोको क्यान्सर पहिलो र स्तन क्यान्सर दोस्रो नम्बरमा छ।

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा मदन पियाका अनुसार पछिल्ला वर्षहरुमा क्यान्सरको विषयमा सचेतना बढ्दै गएको बताए ।
‘पहिला पहिला क्यान्सर रोग लागेपनि पहिचान र उपचारको सुविधा निकै कम थियो,’ उनले भने, ‘जसका कारण धेरैको रोग पहिचन नै नभइ मृत्यु हुने अवस्था थियो। तर अहिले क्यान्सर पहिचान र उपचारमा पहुँच बढ्दै गएको छ।’
सरकारले दिने सहुलियतका कारण पनि क्यान्सरको उपचारमा जनताको पहुँच बढ्न थालेको डा पियाले सुनाए।
‘पहुँचको हिसाबले भन्नुपर्दा पहिला–पहिला भन्दा अहिले पहुँच धेरै नै बढेको छ। खास गरेर सरकारले क्यान्सरको लागि औषधि उपचारमा जुन सुविधा दिएको छ, त्यसले गर्दा पनि हुम्ला, जुम्ला लगायत विकट क्षेत्रबाट पनि उपचारका लागि आउने गरेको पाइन्छ,’ उनले भने ।

क्यान्सर रोग कस्तो खालको रोग हो ?
क्यान्सर भन्ने वित्तिकै हाम्रो जमानामा त मानिसहरु आत्तिहाल्ने, गएगुज्रिएको रोगका रुपमा लिइन्थ्यो। नेपालमा क्यान्सर पहिचान गर्न नै गाह्रो थियो। तर अहिले सुरुवाती अवस्थामै पहिचान गर्न सके क्यान्सर निको हुन्छ। उपचार र पहिचान समयमा नै भए निको हुने अवस्था पनि छ। त्यसकारण हिले क्यान्सर भन्ने वित्तिकै आत्तिहाल्नुपर्ने अवस्था छैन।
सुरुवाती अवस्थामा पहिचान गरेर उपचार गरेमा महिलाको स्तन क्यान्सर, डिम्बाशयको क्यान्सर र पाठेघरको क्यान्सर निको पार्न सकिन्छ। यस्तै अन्य क्यान्सर पनि सुरुको स्टेजमै पत्ता लागेर उपचार गर्दा निको हुने सम्भावना ९५ प्रतिशतसम्म रहन्छ। यस्तै अन्तिम अवस्थाको क्यान्सर छ भने ४–५ वर्षको हिसाबमा १२–१३ प्रतिशत निको हुने सम्भावना रहन्छ।
क्यान्सरको कुरामा नेपालको अवस्था भन्नुपर्दा दुई किसिमको छ। एउटा हामी डाक्टरहरुले अनुभवको आधारमा अनुमान गरेको र अर्को विश्व स्वास्थ्य संगठनले अनुमान गरेको तथ्यांक छ।
विश्व स्वास्थ्य संगठनले नेपालमा ३२ हजार क्यान्सरका बिरामी छ भन्छ। हाम्रो हिसाबले भन्नुपर्दा ५०÷६० हजार क्यान्सरका बिरामी नेपालमा छन्। तथ्यांक सबै ठाउँबाट रेकर्ड भएको हुँदैन। प्राय ठूलो ठूलो अस्पतालहरुमा भएको तथ्यांक नै प्रमुख तथ्यांक बनेको छ। गाउँतिर कति बिरामी रोग नै पहिचान नभएर बसेका हुनसक्छन्।
नेपालमा कुन क्यान्सरका बिरामी बढी छन् ?
सबैभन्दा पहिला त फोक्सोको क्यान्सर भएका बिरामी नै बढी छन्। पुरुषहरुमा बढी हुने क्यान्सरमा फोक्सो, पेट, प्रोस्टेट, हड्डी र रगतको क्यान्सर देखिन्छ। महिलाहरुमा पहिला पाठेघरको क्यान्सर बढी हुन्थ्यो, अहिले स्तन क्यान्सर बढी छ।
यस्तै, महिलाहरुमा हुने प्रमुख क्यान्सरमा फोक्सोको पनि हो। डिम्बाशयको क्यान्सर पनि महिलाहरुमा बढी छ । स्तन क्यान्सर बढी देखिनुमा अहिले पाठेघरको क्यान्सरको पहिचानका लागि सुरुमा नै प्यापस्मेयर परीक्षण हुने भएकाले पनि हो। यो परीक्षणमा क्यान्सर हुने सुरुको अवस्थामा नै पहिचान हुने भएकाले यो क्यान्सर हुनेको संख्या तल झरेको हो। अहिले यो क्यान्सर एक नम्बरबाट २ नम्बरमा झरेको छ । विश्वभरको तथ्यांकलाई हेर्ने हो भने फोक्सोको क्यान्सर पहिलो र स्तन क्यान्सर दोस्रो नम्बरमा छ।
 

प्रतिक्रिया