कञ्चनरुप १ वैरवाका संजय राउत हत्या काण्ड १० महिना बित्दा पनि प्रहरीले हत्यारा पत्ता लगाउन सकेनन् ः सुन्दरी खोलामा हत्या गरि फालिएका राहुलको हत्यारा पत्ता लाग्ला ?

  • भाद्र २५, २0८0
  • 0
...

किशोर पासवान
कञ्चनपुर,भदौ २५ गते । कञ्चनरुप नगरपालिका १ का संजय राउतको हत्या भएको १० महिना बित्दा समेत प्रहरीले घटनाबारे सत्यतथ्य बाहिर ल्याउन सकेको छैन  ।
 २०७९ साल मंसिर १२ गते कञ्चनरुप नगरपालिका १का ५० वर्षीय पप्पु भनिने संजय राउतको घाँटी रेटेर हत्या गरिएको अवस्थामा घर नजिकैको पोखरीमा शव भेटिएको थियो । तर प्रहरीले अहिलेसम्म हत्या पत्ता लगाउन सकेको छैन ।
उक्त घटनाका दोषी  पत्ता नलागेको अवस्थामा पुन ःतीन दिन  कञ्चनरुप ७का एक युवाको हत्या गरि सुन्दरी खोलामा फालिएको अवस्थामा  भेटिएको छ ।  कञ्चनरुप नगरपालिका ११ सुन्दरी खोलामा हत्या गरेर फालिएका कञ्चनरुप नगरपालिका वडा नं.७का  २२ बर्षिया राहुल चौधरीको घटना अझै रहस्मय रहेको छ ।
चौधरीको शव सुन्दरी खोलामा फालिएको अवस्थामा बिहिबार दिउसो ३ बजेतिर भेटिएको थियो । प्रहरीले चौधरीको शव शरिरमा कपडा नभएको अवस्थामा फेला पारेको थियो । स्थानीयहरुले शव हेरेर प्रहरीलाई करिब ३ बजेतिर  खवर गरेका थिए । प्रहरीले घटनाको अनुसन्धान थालेको जनाएपनि अहिलेसम्म कुनै ठोस प्रमाण भेटाएको छैन ।
इलका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक अवधकिशोर ओझाले घटनाबारे अनुसन्धान भइरहेको बताए । उनले भने,‘हामी सुक्षम रुपमा अनुसन्धान कार्यलाई अघि बढाएका छौं,विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ ।
जनमत युवा संघ कञ्चनरुप नगरका संयोजक अफाक हक(कालु)ले घटनाको अनुसन्धान तत्काल गरि सत्यतथ्य बाहिर ल्याउन पटक पटक प्रहरीलाई आग्रह गरको बताए । उनले भने,‘ अवको २÷४ दिनभित्र घटनाबारे सत्यतथ्य बाहिर नल्याए हामी आन्दोलन गर्न बाध्य  हुनेछौं । 
संयोजक हकका अनुसार  २०७९ साल मंसिर १२ गते कञ्चनरुप नगरपालिका १का ५० वर्षीय पप्पु भनिने संजय राउतको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । तर  अहिलेसम्म घटनाको सत्यतथ्य बाहिर आएको छैन ।  प्रदेश प्रहरी कार्यालय,जिल्ला प्रहरी कार्यालय र इलका प्रहरी कार्यालय समेतले संयुक्त रुपमा घटनाको अनुसन्धान गरेको थियो तर अहिलेसम्म सत्थतथ्य बाहिर आएको छैन ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी नरेशकुमार सिंहले सुन्दरी खोलामा भेटिएको चौधरीको शवबारे जिल्ला प्रहरी कार्यालय समेतले अनुसन्धान गरिरहेको बताए । उनले भने,‘इलका प्रहरी कार्यालय र जिल्लाको टिमले अनुसन्धान गरिरहेको छ । ’
 

प्रतिक्रिया