कञ्चनरुप ५मा एक महिला बलात्कृत ः घटनाको साक्षीलाई जनप्रतिधिनिधिले धम्काएको आरोप

  • भाद्र २५, २0८0
  • 0
...

कञ्चनपुर,भदौं २५ गते । 
कञ्चनरुप नगरपालिकामा ५मा एक महिलाको बलात्कार भएको घटनामा आरोपीलाई पक्राउ गर्न प्रहरीले आलटाल गरेको छ ।
कञ्चनरुप नगरपालिका ५की २८ बर्षिया महिलालाई बितेको भदौं २१ गते राति छिमेकी श्यामसुन्दर पण्डितले बलात्कार गरेको जाहेरी इलका प्रशासन कार्यालयमा दर्ता भएको छ । 
पीडित महिलाका अनुसार उक्त राति करिब ११.३० पिसाव फेरर घरभित्र गएपछि पण्डितले बलात्कार गरेको आरोप लगाएको छ । बलात्कार भएको घटना तत्कालै सार्वजनिक भएको बताउँदै पीडितले इलका प्रहरी कार्यालयमा बितेको भदौं २२ गते नै जर्वजस्ती करणी सम्बन्धी मुद्दाको जाहेरी लिएर गएकी थिइन् ।
इलका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक अवधकिशोर ओझाले पिडीतले दिएको जाहेरी दर्ता गरि आवश्यक कार्यवाही अघि बढाइएको बताए । प्रहरी निरीक्षक ओझाका अनुसार महिलाको स्वास्थ्य जाँच गरिसकिएको र थप अनुसन्धान भइरहेको छ ।  प्रहरी निरीक्षक ओझाका अनुसार अरोपी फरार रहेकोले खोजी कार्य भइरहेको बताए । 
पीडितले मुद्दा दर्ता भएपनि आरोपी पक्राउ गर्न आलटाल भइरहेको बताए । पीडित महिलाले भनिन,‘ कञ्चनरुप नगरपालिका ५का केही जनप्रतिनिधिहरुले घटनाको साक्षीलाई धम्की दिइरहेको छ । ’ आफनो र घटनाको साक्षीको शान्तिसुरक्षाको लागि निवेदन दर्ता गराउने र प्रहरीलाई पनि जानकारी गराइएको बताइएको छ । साक्षीमध्येका एकले अवलोकित दैनिकलाई कञ्चनरुप नपा ५का जनप्रतिनिधिहरुले आएर धम्काएको बताए । 

प्रतिक्रिया