जनमतले कञ्चनरुपमा भएका हत्या,बलात्कारदेखी अस्पतालमा यूवा मृत्यु घटनाका दोषीलाई कार्यवाही गर्न गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझायो

  • भाद्र २५, २0८0
  • 0
...

किशोर पासवान
कञ्चनपुर,भदौं २५ गते ।
जनमम पार्टीले सप्तरीका प्रमुख जिल्ला अधिकारी मार्फत गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाउँदै सप्तरीको कञ्चनरुप नगरपालिका भित्र भएका हत्या,बलात्कारदेखी अस्पतालमा यूवा मृत्युको घटनामा दोषीलाई कार्यवाही गर्न माग गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापालाई सोमबार ज्ञापन—पत्र बुझाउँदै हत्यादेखी बलात्कार घटनाका योजनाकार छुटेको विषयमा गम्भिर भएको अनुसन्धान गरि तत्काल कार्यवाह िगर्न माग गरेका हुन् ।
जनमत पार्टीका केन्द्रिय सदस्य एवं सप्तरी क्षेत्र नं. १(क)का प्रदेश सभाका प्रत्यासी उम्मेदबार समेत रहेका शिवनन्दन महतोले हस्ताक्षर गरेको ज्ञापन पत्रमा भनिएको छ,‘घटनाहरुबारे सुक्षम रुपमा अनुसन्धान गरी चाडैँ पीडितले न्याय पाउनेगरि कार्यवाही अघि नबढे जनमत पार्टी सशक्त आन्दोलन गर्न बाध्य हुने र सोबाट हुने क्षतिको जिम्मेबार राज्य स्वयम हुने समेत ध्यानकर्षण गराउन चाहन्छौं ।’
ज्ञापन पत्रमा २०८० सालअसार २९ गते शुक्रवार राति करीव १०.३० बजे कञ्चनरूप नगरपालिका वडा नं.१२ धरमपुर धारापानीकी  १७ वर्षिय नाबालिका बलात्कारमा संलग्न रहेका बलात्कारीहरू दिपेश सुवेदी, सुवितभुजेल, मनोज विश्वकर्मा र टेकराजपोखरेल मध्ये ३ जनापुर्पक्षकालागिथुनामा रहेको तर मुख्य योजनाकार मानिने कैलाशभनिने टेकराजपोखरेल सामान्य धरौटीमा रिहा गरिएको छ । पिडित नबालिका एवं साक्षीहरुको  अदालतमा बयान समेत नहुदँै सरकारी वकिल कार्यालयमार्फत मुख्य योजनाकार छुट्नुले पीडित झन पीडामा परेको उल्लेख गरेको छ  । 
त्यसैगरि २०७९ साल मंसिर १२ गते कञ्चनरुप नगरपालिका १का ५० वर्षीय पप्पु भनिने संजय राउतको घाँटी रेटेर हत्या गरिएको अवस्थामा घर नजिकैको पोखरीमा शव भेटिएको थियो । तर घटना घटेको १० महिना बित्दा समेत प्रहरीले हत्यारा पत्ता लागउन नसकेको उल्लेख गरेका छन् ।
ज्ञापन पत्रमा कञ्चनपुर नगर अस्पतालमा डाक्टरको लापरबाही र म्याद गुज्रिएको औषधिका कारण सप्तकोशी नगरपालिका–९ कमलपुरका १६ बर्षीय ओमप्रकाश खंगको साउन १४ गते मृत्यु भएको उल्लेख गर्दै उक्त घटनाको छानविन गर्न गठित समितिले प्रतिवेलन सार्वजनिक नगरेकोप्रति पनि ध्यानाकर्षण गराएको छ ।
ज्ञापन पत्रमा भनिएको छ,‘ज्वरो लागेर विरामी भएका खङ्गलाई साउन १४ गते विहान ११ बजे अस्पताल भर्ना गरिएकोमा अस्पतालले साढे ४ बजे मृत्यु घोषणा गरेको थियो । पीडितका बुवा रामदेव खंगका अनुसार अस्पताल भर्ना भएको दुई घण्टासम्म विरामी जाँच गर्न कोही डाक्टर आएका थिएनन् । कञ्चनरुप नगरपालिकाको नगरप्रमुख ललन प्रसाद गुप्ताले पीडितलाई ५ लाख ५० हजार सहयोग गर्ने सहमति गरेको र घटना छानविन गर्न सर्वदलिय छानविन समिति गठन गरेकोमा घटनाको ढेड महिनाभन्दा बढी भएपनि नत छानविन समितिको प्रतिवेदन सार्वजनिक गरिएको छ न त पीडित परिवार सहमति अनुसार क्ष्ाितपूर्ति पाएको छ । ’
त्यसैगरी, २०८० सालभदौ २० गते शनिवार कञ्चनरूप नगरपालिका वार्ड नं. ७ बलुवा टोल बस्ने श्री रामकुमार चौधरीका छोरा वर्ष २२ का श्री राहूल चौधरीको घाँटी रेटी यसै नगरपालिका वडा नंं. ११ सिमरा चोक नजिक रहेको सुन्दरी खोलामा फालिएको विभत्स घटना सामुन्ने आएको छ । उक्त घटना घटेको एक हप्तादिन बित्द लाग्दा समेत प्रहरीले घटनाको अनुसन्धान गरि सत्यतथ्य बाहिर नल्याएकाप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
कञ्चनरुप नगरपालिका ५की २८ बर्षिया महिलालाई बितेको २०८० साल भदौं २१ गते राति छिमेकी श्यामसुन्दर पण्डितले बलात्कार गरेको जाहेरी इलका प्रशासन कार्यालयमा दर्ता गराइएको छ । पीडित महिलाका अनुसार उक्त राति करिब ११.३० पिसाव फेरर घरभित्र गएपछि पण्डितले बलात्कार गरेको आरोप लगाएको छ । तर प्रहरीले दोषीलाई अहिलेसम्म पक्राउ गरेको छैन । पीडितले मुद्दा दर्ता गरेपनि आरोपीलाई पक्राउ गर्न आलटाल गरिरहेको छ । अझ  कञ्चनरुप नगरपालिका ५का केही जनप्रतिनिधिहरुले घटनाको साक्षीलाई धम्की दिइरहेको कुरा संचारमाध्यमा आएको पनि ज्ञापन पत्रमा उल्लेख छ ।
ज्ञापन पत्रत्रमा भनिएको छ, ‘ १७ वर्षीय किशोरीको बलात्कार जस्तो गम्भीर अपराधमा संलग्नअभियुक्तहरू ४ जनामध्ये ३ जनालाई पूर्पक्षमा राखिनु र मुख्यमानिने अभियुक्त टेकराजपोखरेललाई थुनामुक्त गरी खुला छोडिनुको अर्थ के हो ? गम्भीर प्रश्न उठेको छ ।’ पीडित नबालिकाको बयान समेत नसुनी प्रहरीले मुख्य योजनकार बनाएका टेकराज पोखरेललाई जमानतमा छोड्नु हाम्रो समाजका नबालिका छोरीहरु सुरक्षा कस्तो रहेको छ ? सहजै अनमान लगाउन सकिने ज्ञापन पत्रत्रमा उल्लेख छ । 
कञ्चनरुप नगरपालिका १ वैरवाका संजय राउतको हत्यारा १० महिनासम्म पनि पत्ता नलाग्नु र पुन सोही प्रकृतिको घटना कञ्चनरुप ११मा  घाँटी रेटी बिभत्स हत्या गरिएका राहूलचौधरीका हत्यारालाई हालसम्मपक्राउ गर्न नसक्नु दुःखद छ ।  
कञ्चनपुर नगर अस्पतालमा पटक पटक म्याद गुज्रेको औषधी फेला परेको घटना संचारमाध्यमबा बाहिर आएपनि त्यसमा संलग्नलाई कुनै कार्यवाही गर्नुका सट्टा नगरप्रमुख ललन प्रसाद गुप्ताले आफनै मामाको छोरालाई प्रक्रिया नै पुर्याई भर्ना गरेको र उपचारको अभाव र डाक्टरको लापारवाहीले ज्यान जादा समेत छानविन समितिले प्रतिवेदन सार्वजनिक गर्न नसक्नुले कत्तै सत्ता अगाडी प्रभावित भएको छैनन् ? भन्ने प्रश्न उब्जेको ज्ञापन पत्रत्रमा उल्लेख छ ।  
‘नेपालीजनताको ऐतिहासिक संघर्षहरुको जगमा स्थापितलोकतन्त्रको रक्षा गर्ने दायित्व नेपाल सरकारको भएपनि घटनाप्रति लापरवाहदेखिनु, सप्तरी एवं कंचनपुरको स्थानीयप्रशासन गैरजिम्मेवार बन्नुका साथै नाटकीय रुपमा घटनामा संलग्न दोषीलाई बचाउने र र हत्याका अभियुक्तलाई खोज्नुको सट्टा आलटालमा बस्ने हर्कतहरु प्रतिआमजनताको राज्य र प्रशासनप्रतिको जनविश्वास माथिप्रश्न उठेको छ,अतः यस ज्ञापनपत्रमार्फत आमनागरिकको जिउधनको सुरक्षा, शान्ति र अमनचयन भंग एवं असुरक्षितहुने परिस्थिति सिर्जना भएकोले यथाशीघ्र यस कञ्चनरूप नगरपालिकामा घटेका घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि हदैसम्मको कानुनी कारबाहीको जोडदार माग गर्दछौं ।’ ज्ञापन पत्रमा भनिएको छ ।
ज्ञापन पत्रमा भनिएको छ,‘सबै घटनाका दोषीलाई नियन्त्रणमा लिई कार्यवाही अघि बढाउन माँग गर्दछौं  । र,नबालिका घटनामा बलात्कार घटनामा योजनाकारलाई छुटाउनेहरुमाथि सुक्षम अनुसन्धान गर्न आग्रह गर्दछौं ।’ ज्ञापन पत्र बुझाउन युवा जनमत संघ कञ्चनरुप नगरपालिका संयोजक अफाक हक(कालु),उपाध्यक्ष मनोज साह, सचिव संजय दास, कञ्चनरुप ६का वडा संयोजक हिर महम्मद,प्रसान्त चौधरी,मोहम्मद नसिम,बसु चौधरी, सुरेश दास र रोहित दास लगायतका यूवाहरुको उपस्थिति रहेका थिए । 
 

प्रतिक्रिया