रामनाथ राम
राजविराज ,असोज ७ गते ।
सप्तरी प्रहरीले सत्रलाख पचास हजार बराबरको चाँदीका गर गहना सहित दुई जनालाई पक्राउ गरेको छ ।
चाँदी बाट तयार गरिएको बिभिन्न किसिमको अवैध गरगहना सहित सप्तरी बोदेबर्साइन न.पा. वडा न.५ खडक खोला पुल हुलाकी सडक खण्डमामा इलका प्रहरी कार्यालय बोदेबर्साइन तथा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलिले शुक्रबार साँझ प्र.२–०१–००४ प ०३५८ नम्बरको मोटरसाइकलमा सवार सिराहा मिर्चैया न.पा.२ महदेवा बस्ने वर्ष १९ को असोक साह र मिर्चैया न.पा. १२ बरही टिकुलिया बस्ने बर्ष २४ को विनोद कुमार ठाकुर(चालक) लाई रोकी चेकजाँच गर्ने क्रममा विनोद कुमार ठाकुरले पछाडि भिर्ने कालो झोलामा चाँदी बाट तयार गरिएको विभिन्न किसिमको अवैध गरगहना फेला पारेको थिो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक ढुण्डिराज नेउपानेका अनुसार बरामद भएको समान र मान्छेलाई आवश्यक कार्बाहीका लागी राजश्व अनुसन्धान कार्यालय ईटहरी, सुनसरी पठाइएको जनाएको छ ।
पक्राउ परेकाहरुबाट चाँदी बाट तयार गरिएको बिभिन्न अवैध किसिमको गरगहना करिब १७ किलो ५ सय ग्राम अन्दाजी म करिब १७ लाख ५० हजार, नगद २ लाख ९६ हजार ६ सय र नेपाल बैंक लिमिटेड (रु.३३,८००)र एभरेष्ट बैंक लिमिटेडको(रु.२०,९०० र रु.५६,५००) भरेको चेक समेत बरामद भएको डिएसपी नेउपानेले बताए ।
प्रतिक्रिया