विभेद अन्त्य गर्नका लागि छोरीलाई शिक्षामा प्राथमिकता ः प्रदेश सचिव यादव

  • आश्विन ९, २0७६
  • 0
...

श्यामसुन्दर पासवान
कञ्चनपुर, असोज ९ गते ।
समाजवादी नेपाल पार्टीका प्रदेश सचिव दिनेश कुमार यादलले प्रदेश सरकार कानुन बनाउने क्रममा महिलाहरुको पँचास प्रतिशत आरक्षणको प्राबधान गरेको बताए ।
    बुधवार सप्तरीको कञ्चनरुप नगरपालिका ३ स्थित राष्ट्रिय माधमिक विद्यालय बनरैत टोलमा बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत छात्राहरुलाई साईकल वितरण कार्यक्रममा सो कुरा बताए ।
    प्रदेश सचिव यादवले प्रदेश २ मा अहिले पनि छारा छोरीमा विभेद भएकोले प्रदेश सरकार विभेद अन्त्य गर्न लागी छोरीका लागि शिक्षामा प्राथमिकताका साथ छोरी जन्मीनै वितिकै छोरीलाई पढाउन रकम समेतको दिने गरेको बताए । कार्यक्रमको प्रमुख अथितिको रुपमा  समेत रहेको प्रदेश सचिव यादवले घर परिवार व्यवस्थापन गर्नको लागी छोरीको शिक्षा अनिवार्य नै हुनुपर्ने भएकाले छोरा छोरीमा विभेद नगरी छोरीलाई शिक्षा दिन आग्रह      गरेका छन । प्रदेश सचिव यादवले विद्यालयको विकासको लागी समेत प्रदेश सरकार तथा स्थानीय सरकारलाई समेत आग्रह गरेका छन ।
    सोही कार्यक्रमका बरिष्ठ अथिति नगर प्रमुख बसन्त कुमार मिश्रले नगरपालिकाको पहिलो प्राथमिकता शिक्षा र स्वास्थ्य भएको हुनाले यसलाई सफल बनाउन सबै नगरवासीको सहयोगको आवश्यकता रहेको हुदा आ –आफनो ठाँउबाट सहयोग गर्न सामुदायीक विद्यालयमा पढन पाठन गर्ने बढि दलित,गरिबका छोरा छोरी भएकाले शिक्षालाई सुधार गर्न नगरपालिका भित्र रहेकाराजनिती कर्मी, जनप्रतिनिधि,समाजसेवी र भरभलादमीलाई समेत आग्रह गरेका छन ।
    विद्यालयका ब्यवस्थापन समितिकिा अध्यक्ष राजेन्द्र प्रसाद साहको अध्यक्षतामा संचालन कार्यक्रममा सघिय नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष श्यामदेव यादव,बेटी पढाउ बेटी बचाउ कार्यक्रमका जिल्ला संयोजक दिल    कुमारी चौधरी,राजपा नेपाल नगर अध्यक्ष रामदेव साह र विद्यालयका प्रअ कृष्ण यादव लगायत बक्ताहरुले आ–आफनोे मन्तब्य ब्यतm गरेका थियो ।         सोह कार्यक्रममा कक्षा ८ अध्यनरत ३१ जना छात्राहरुलाई साईकल वितरण गरेको छ ।
 

प्रतिक्रिया