सुसिन्द्र पासवान
कञ्चनपुर,असोज ८ गते ।
चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुई वटा टुहुरा गैँडा पुष्पा र अञ्जलीलाई छोड्न वन तथा वातावरण मन्त्री विरेन्द्र प्रसाद महतो अगामी असोज १० गते (बुधबार) कञ्चनरुप नगरपालिका ५ स्थित पथरी आउँदैछ ।
कोशीटप्पु वन्यजन्तु आरक्षको वन्यजन्तु उद्धार केन्द्र, पथरी सप्तरीको संचालन तथा एक सिङ्गे गैंडा हस्तान्तरण कार्यक्रमको समुद्घाटन समारोहमा भाग लिन मन्त्री महतो कञ्चनरुप आउन लागेका हुन् । कोशीटप्पु वन्यजन्तु आरक्षका संरक्षण अधिकृत(वार्डेन) रमेश यादबका अनुसार बहुमुल्य गैंडा ल्याइएपछि यस क्षेत्रको पर्यटनमा टेवा पुग्ने बताए ।
चितवन राष्ट्रिय निकुञ्जका सहायक वार्डेन गणेश प्रसाद तिवारीले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको निर्णय अनुसार उक्त दुई गैडा कोशी टप्पु आरक्षमा स्थानान्तरण गर्न लागिएको बताए । कोशीमा प्राविधिक समितिले गरेको अध्ययनमा गैँडाका लागि बासस्थान उपयुक्त देखिएपछि गैँडा त्यहाँ पठाउन लागिएको हो । विभागका तत्कालिन उपमहानिर्देशक बेदकुमार ढकालको संयोजकत्वमा बनेको प्राविधिक समितिले विस्तृत अध्ययनपछि प्रतिवेदन बुझाएको थियो ।
प्रतिबेदनमा कोशीमा गैडाको उपयुक्त बतावरण निर्माणका साथै सुरक्षा ब्यबस्थाको प्रबन्ध मिलाएर लान भनिएको ढकालले बताए ।कोशी टप्पु वन्यजन्तु आरक्षमा हाल गैँडा छैनन् । चितवनबाट लगिएका गैँडालाई खुल्ला खोरमा केही समय राखेपछि त्यहाको बातावरणमा घुलमिल भए पछि प्रकृतिमा छाडिने निकुञ्जले जनाएको छ । कोशीको पथरी सेक्टर कार्यालयको आरक्ष सुरक्षार्थ रहेको सेनाको पोष्ट क्षेत्र नजिक गैँडालाई राखिनेछ ।
चितवन राष्ट्रिय निकुञ्जका वार्डेन तिवारीले उद्धार गरेर सौराहामा हुर्काएपछि गत वैशाख ३१ गते निकुञ्जको लामिताल क्षेत्रमा छाडिएका दुई वटा गैँडा कोशी पठाउन लागिएको बताए । ती दुवै पोथी गैँडा हुन् । ती गैँडा तमासपुर र कुजौली क्षेत्रमा माउबाट छुटिएर अवस्थामा अन्दाजी दुई र एक महिना उमेरमा उद्धार गरिएको थियो ।
अहिले पुष्पा करीब ४ वर्ष र अञ्जली अढाई वर्ष उमेरका छन् । गैँडा पठाउनका लागि सबै तयारी भइसकेको निकुञ्जका सूचना अधिकारी समेत रहेका गणेशप्रसाद तिवारीले बताउनु भयो । गैडा पठाउनको लागि पुरानो खोरलाई पनि मर्मत गरिएको छ । पछिल्लो गणना अनुसार चितवनमा ६ सय ९४ गैँडा रहेको तथ्याङ्क छ ।
कोशी टाप्पुबाट चितवनमा लगिएका अर्ना १२ ओटा अर्ना मरे
वंश विस्तार गर्ने उद्देश्यले कोशी टाप्पुबाट चितवनमा लगिएका १२ ओटा अर्ना मा सबै मरेका छन् । चितवनमा अर्ना बचाउन मुस्किल भएको थियो । विसं २०७३ का माघमा कोशीटप्पु वन्यजन्तु आरक्ष र सदर चिडियाखाना काठमाडौँबाट चितवन राष्ट्रिय निकुञ्जमा अर्ना ल्याइएको थियो ।
वंश विस्तार गर्ने उद्देश्यले यहाँ ल्याइएका अर्ना बचाउन मुस्किल भएको थियो । विसं २०७३ का माघमा कोशीटप्पु वन्यजन्तु आरक्ष र सदर चिडियाखाना काठमाडौँबाट चितवन राष्ट्रिय निकुञ्जमा अर्ना ल्याइएको थियो । चितवन राष्ट्रिय निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा ३० हेक्टर जमिनमा दुई खुल्ला खोर बनाएर अर्ना राखिएको थियो । तत्कालीन समयमा कोशीटप्पुबाट १२ र चियाखानाबाट तीन अर्ना ल्याइएको थियो ।
प्रतिक्रिया