कञ्चनरुपमा शिक्षाको दयनिय अवस्था : विद्यालयको रजिष्टरमा २३२ तर उपस्थित ५२ जना मात्र

  • आश्विन ९, २0८0
  • 0
...

किशोर पासवान

कञ्चनपुर,असोज ९ गते । सप्तरीको कञ्चनरुप नगरपालिका १० बदगामा स्थित जनता अधारभुत विद्यालय बदगाका शिक्षकहरु पढाउन छाडेर कुराकानीमा व्यस्त रहने गरेको पाइएको छ ।

नियमित रुपमा पढाई नहुने भएपछि विद्यालयमा विद्यार्थी संख्यामा घटदो छ । विद्यालयमा कक्षा १ देखि ८ सम्मा २ सय ३२ जना विद्यार्थी सोमबार ५२ जना विद्यार्थी मात्र उपस्थित रहेका थिए । विद्यालयका शिक्षकहरु समेत पढाउनुको सट्टा कार्यालयमा बसेर गफगाफमा व्यस्त रहेका थिए । विद्यार्थीहरु चौरमा खेलीरहेका थिए ।

उक्त विद्यालयमा सोमबार बालविकास तर्फ ४३ जना विद्यार्थी मध्ये ८ जना,कक्षा १ मा २५ जनामा ८ जना,कक्षा २ मा १७ जनामा ४ जना,कक्षा ३ मा १६ जनामा ३ जना,कक्षा ४ मा २२ जनामा ७ जना,कक्षा ५ मा १६ जनामा ८ जना,कक्षा ६ मा ५० जनामा ८ जना, कक्षा ७ मा २४ जनामा ८ जना र कक्षा ८ मा १९ जनामा ६ जना मात्र उपस्थिती रहेको पाईएको छ ।

सोही विद्यालयमा बाल विकास देखि कक्षा ८ सम्ममा दलित छात्र ३८ र छात्रा ५० जना रहेको प्रअ रामनारायण यादवले बताए । जनता अधारभुत विद्यालय बदगामाका प्रअ रामनारायण यादवका अनुसार हाल शिक्षकहरुको आन्दोलन चली रहेकोले शिक्षकहरु  अनउपस्थित रहेको बताए । उक्त विद्यालयमा कार्यालय  सहयोगी सहित ९ जना शिक्षक शिक्षिका रहेकोमा २ शिक्षिका र प्रअ सहित २ शिक्षक मात्र  उपस्थित रहेका थिए ।

प्रतिक्रिया