किशोर पासवान
कञ्चनपुर,असोज ९ गते ।
कञ्चनरुप नगरपालिकाको नगरस्तरीय योजनाबाट कञ्चनपुर बजारदेखी बेरियरसम्म गत आर्थिक बर्षको असार मसान्तमा जडान गरिएको गुणस्तरहीन स्ट्रिट लाईटको पोलमा लागेको खियालाई छोप्न स्टील पेन्ट लगाउने काम भइरहेको छ ।
उपभोक्ता समिति मार्फत भएको उक्त काम महिना दिन नबित्दै गुणस्तरहिन भएको पाइएपछि चौतर्फी बिरोध भइरहेको छ । तर समितिले गुणस्तरहीन कामलाई ढाक छोप गरेर पैसा उठाउने दाउमा छ । भर्खरै सम्पन्न कञ्चनरुपको नगरसभाले उक्त योजनाका लागि ४५ लाख रकम विनयोजन गरेको पालिकाले जनाएको छ ।
कञ्चनरुप बजारदेखी बेरियरसम्म रेलिङ्ग र स्ट्रिट लाईटका लागि ८८ लाख बजेट बिनयोजन भएको थियो । उक्त कार्य असारको अन्तिम साता उपभोक्ता समिति मार्पmत काम सुचारु ग्रिएको थियो । श्यामसुन्दर प्रसाद गुप्ताको अध्यक्षतामा गठन भएको उपभोक्ता समितिले रेलिङ्गको काम नगरी स्ट्रिट लाईटकाको काम गरेको थियो । असार अन्तिममा कामै नसकेपनि भुक्तानीको लागि टिप्पणी आदेश समेत भइसकेको थियो तर पालिकाको खातामा पैसा नभएको भन्दै त्यक्तिबेला उक्त पैसा उठेको थिएन ।
बजारदेखी बेरियरसम्म स्ट्रिट लाईटका लागि जडान गरिएको पोलमा एक महिना नबित्दै खियाँ लागेपछि चौतर्फी बिरोध सुरु भएको छ । स्टीमेट अनुसार काम नभएपछि चौतर्फी बिरोध हुदैँ आएको छ ।
सामाजिक अभियन्ता रोशन राज ठाकुरले मंगलबार समाजिक संजाल मार्फत उपभोक्ता समितिले गुणस्तरहीन कामलाई ढाकछोप अनियमिता गर्न खोजेको भन्दै त्यसको बिरोध गर्द आग्रह गरेका छन् ।
कञ्चनरुप नगरपालिकाको बेथितिबारे समाजिक संजालमार्फत जनतालाई सचेत गराउदैँ आएका ठाकुरले खुल्लेआम अनियमितता हुदाँ समेत सरोकारवाला मौन रह्नु दुःखद भएको बताएका छन् । काम पुरा नहुदैँ असार मसान्तमा भुक्तानीका लागि जनप्रतिनिधिहरुले दवाव दिएको तर खातामा पैसा नभएकोले भुक्तानी नभएको कुरा सुनिएको ठाकुरले बताए । उनले भने, उपभोक्ता समिति गठन भएदेखी कामबारे सोधीखोजी गरेका छौं,तर न त कतै निमार्णस्थलमा बोर्ड छ,न त समितिकै सदस्यहरुलाई जानकारी । रहयो कुरा कामको गुणस्तरताको त्यो सबैले देखीसकेका छन् । ’
उपभोक्ता समितिका सचिव जीवन सिंहले स्टीमेट अनुसार काम नभएको पाइएमा सबै पोल चेन्ज गर्ने बताएका थिए। ,‘सुरुको २० वटा पोल राम्रो ल्याएपनि पछिबाट ल्याएका पोलहरुमा खियाँ लागेको छ । अहिलेसम्म भुक्तानी भएको छैन । पोलको काम गर्नेलाई हामीले बोलाएका छौं ।’ रेलिङ्ग र स्ट्रिट लाईट गरेर ८८ लाख बजेट रहेको भएपनि स्ट्रिट लाईटको काम गरेर करिब ४५ लाख भुक्तानी माँग गरिएको भएपनि अहिलेसम्म भुक्तानी नभएको सचिव सिंहले बताए ।
उक्त योजनाका लागि उपभोक्ता समिति गठन नै अवैधानिक रहेको भन्दै विरु गुप्ता लगायतले कञ्चनरुप नगरपालिका सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ । विरु गुप्ताले एक संचार माध्यममा नामै किटेर १६ प्रतिशत कमिशनमा भइरहेकोले कार्यवाही हुनुपर्ने माग गरेका थिए ।
कञ्चनरुप नगरपालिकाकी तत्कालिन प्रमुख प्रशासकीय अधिकृत रेणुका साहले ३ सय पोलका लागि १४ हजार ५ सयका दरले स्टीमेटमा उपभोक्ता समितिसँग सम्झौता गरेपनि अन्तिम समयमा साहको सरुवा भएपछि नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई दवाव दिएर प्रतिपोल २२ हजार ५ सयमा २ पोलमा मात्रै जडान गर्ने सम्झौता गरिएको थियो । एउटा पोलमा ८ हजार रकम थप गरेर लाखौं रुपैया अनियमितता् गर्ने मनसाय रहेको स्थानीयहरुको भनाई रहेको छ ।
प्रतिक्रिया