कञ्चनरुपको सुन्दरी खोलामा हत्या गरिएका राहुल चौधरीको घटना : लागु औषध खुवाएर हत्या , घटनामा संलग्न एक जना पक्राउ

  • आश्विन ९, २0८0
  • 0
...

सुसिन्द्र पासवान
कञ्चनपुर,असोज ९गते । सप्तरी कञ्चनरुप नगरपालिका वडा नं. ९ स्थित  सुन्दरी खोलामा हत्या गरि फालिएका राहुल चौधरीको घटनामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
गत भदौं २१ गते सप्तरी कञ्चनरुप नगरपालिका वडा नं.७ बलुवाका राम कुमार चौधरीको छोरा वर्ष २५ को राहुल कुमार चौधरीको उत्तर खुट्टा दक्षिण टाउको रही नाङ्गो अवस्थाको संकास्पद प्रकृतिको मृतक लाश फेला परेको थियो । 
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक ढुण्डिराज नेउपानेका अनुसार मृतक लाशको कानून बमोजिम लाशजाँच मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धानको कार्य सम्पन्न गरी मृतकको लाश पोष्टमार्टमको लागी  गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा पठाईएको थियो ।
मृतकको बारेमा अनुसन्धान गर्दा गत भदौं २१ गते निज मृतक सँगै कन्चनरुप न.पा. वडा नं. ६ बस्ने पशुपति रामसँगै रहेको भन्ने खुल्न आएको थियो । प्रहरीले  पशुपति रामलाई असोज ४ गते नियन्त्रणमा लिई अनुसन्धान गर्दा निजले मृतकको घडी र मोबाईल तथा आर्थिक प्रलोभनमा परी मृतक राहुल कुमार चौधरीलाई भारत तर्फ लगि लागु औषध खरिद गरी घटनास्थलमा ल्याई अत्याधिक मात्रामा लागु औषध सेवन गराई बेहोस बनाई पुन लागु औषध जवरजस्ती मुखमा राखि खुवाई निजको हत्या गरेको बयान दिएको डिएसपी नेउपानेले जनाएको छ ।
प्रहरीका अनुसार अभियुक्त रामले चौधरीको मृत्यु पश्चात निजको सम्पूर्ण कपडा खोली निजको साथमा रहेको मोबाईल र घडी लुटी लिई घर तर्फ आएको थियो ।
अभियुक्त  पशुपति रामलाई पक्राउ गरी मंगलबार सप्तरी जिल्ला अदालतबाट दिन ७को म्याद थप गरी थप अनुसन्धान भईरहेको जनाएको छ  । 
अनुसन्धानमा युवा जनमत संघ कञ्चनरुप नगर समितिले प्रहरीलाई सहयोग गरेको थियो । संघका कञ्चनरुप नगर संयोजक अफाक हक(कालु),मनोज साह र प्रसान्त चौधरीले राहुल चौधरीको हत्या अभियोग लागेका रामलाई प्रहरीलाई बुझाएको थियो । संघका यूवाहरुले राहुल चौधरीसँगै रामले बलुवा चौकबाट बेरियरसम्म आएको सिसिटिभि फुटेज प्रहरीलाई उपलब्ध गराएको थियो ।
 


 

प्रतिक्रिया