बिचलित नभई कार्यक्षेत्रमा काम गर्ने दक्ष जनशक्ति उत्पादन गर्न दत्तचित्त भएर लाग्न सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको निर्देशन

  • आश्विन १0, २0८0
  • 0
...

कञ्चनपुर,असोज १० गते । सशस्त्र प्रहरीका संगठन प्रमुख राजु अर्यालबाट बिचलित नभई कार्यक्षेत्रमा काम गर्ने दक्ष जनशक्ति उत्पादन गर्न दत्तचित्त भएर लाग्न तालिम केन्द्रमा खटिएका प्रशिक्षक सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल दन्तकाली विशेष कार्य तालिम शिक्षालय, सप्तरीले बुधबार एक कार्यक्रमको आयोजना गरि आफ्नो २१औँ बार्षिक स्थापना दिवस भब्य रुपमा मनाउनेक्रममा सो निर्देशन दिनु भएको हो  ।
‘सकल दर्जाका राष्ट्र सेवक सशस्त्र प्रहरी कर्मचारीहरुको बृति बिकासको लागि हालै मात्र करिब ६ हजार ५ सय भन्दा बढि बिभिन्न दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुको बढुवा गरिएको र आगामी दिनमा समेत सकल दर्जाका राष्ट्र सेवकहरुको भलाईको लागि बिभिन्न किसिमका सिपमुलक तालिमहरु तालिमको पाठ्यक्रममा समाबेश गरिनेछ ।’ संगठन प्रमुख अर्यालले छोटो समयमा शिक्षालयका समादेशकले प्रदर्शन गर्नुभएको ब्यवसायिकतालाई समेत सो अवसरमा महानिरीक्षक अर्यालले प्रशंसा गरि शिक्षालयमा कार्यरत सम्पुर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई हौसला प्रदान गर्नु भएको थियो ।
सशस्त्र प्रहरी बलका संगठन प्रमुख सशस्त्र  प्रहरी महानिरिक्षक राजु अर्यालले पानसमा बत्ति बाली शान्तिको प्रतिक एक जोर सेता परेवा उडाएर कार्यक्रमको उद्धघाटन गरिएको थियो । उक्त कार्यक्रममा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायब महानिरीक्षक  कमल गिरी, सशस्त्र प्रहरी बल कोशी प्रदेश बराह बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनि कुमार पोखरेल, मधेश प्रदेश छिन्नमस्ता बाहिनीका बाहिनीपति दीपेन्द्र शाह, हनुमाननगर कंकालिनी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र माझी, तिरहुत गाँउपलिकाका अध्यक्ष बिजय यादब सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी किरण थापा, प्रहरी तालिम केन्द्र मधेश प्रदेश राजबिराजका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक लगायत जिल्ला सुरक्षा समितिका सदस्यहरु नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका प्रमुखहरु, कञ्चनरुप नगरपालिकाका प्रशासकिय अधिकृत र स्थानिय समाजसेवी भद्रभलाद्मी, पत्रकार तथा बुद्धिजिवीहरुको समेत उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालको ब्यवसायिकता झल्कने बिभिन्न किसिमका सास्कृतिक कार्यक्रम तथा खुकुरी नृर्त्य प्रर्दशन गरिएको थियो ।
सो कार्यक्रममा सहिदहरुको तस्बीरमा माल्यार्पण तथा सम्मान प्रकट गर्दै संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षकबाट २१ औँ बार्षिक स्थापना दिवसको अवसरमा शुभकामना तथा सशस्त्र प्रहरी बललाई सहयोग पु¥याउने संघ संस्था र कार्यालयहरुलाई  कदर पत्र तथा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई प्रसंशा पत्र एवं २१ औँ बार्षिक उत्सबको अवसरमा आयोजना गरिएका खेलकुद सम्बन्धि गतिबिधिहरुमा विजेता हुने खेलाडीहरुलाई समेत पुरस्कृत गरिएको थियो ।
सो कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायब महानिरीक्षक कमल गिरीले धन्यवाद ज्ञापन गर्नु भएको थियो । आफ्नो धन्यवाद ज्ञापनको मन्तब्यमा संगठन प्रमुखज्यूको भिजन अनुसार संगठनलाई प्राप्त १४ वटा कार्यादेशलाई वर्ड कन्सेप्ट(सिमा सुरक्षा,आन्तरीक सुरक्षा, दंगा नियन्त्रण, राजस्व सहायता र विपद् व्यवस्थापन) अनुसार स.प्र.बल, नेपालमा तालीमहरु संचालन हुँदै आईरहेको र समयानुकुल दक्ष जनशक्ति उत्पादन गरी प्रभावकारी सेवा प्रदान गर्न प्रत्येक तालीम शिक्षालयहरुलाई बिशिष्टिकृत बनाउदै लैजाने संगठनको उद्देश्य अनुरुप दन्तकाली बिशेष कार्य तालिम शिक्षालयलाई विशेष कार्य शिक्षालय ( स्पेशल टास्क फोर्स ट्रेनिङ स्कूल ) बनाईएको कुरा उल्लेख गर्नु भएको थियो । साथै उक्त अवसरमा संगठनका सदस्यहरुले ज्ञान प्राप्त गर्ने माध्यम भनेकै तालीम हो भन्दै तालीमको महत्वलाई कार्यकारी प्रमुखले जोड दिनु भएको थियो । हाल सशस्त्र प्रहरी बल, नेपालको कुल जनशक्ति मध्ये प्रत्येक बर्ष करिब २० प्रतिशत जनशक्ति तालीममा सहभागी रहने जानकारी समेत उहाँले दिनु भएको थियो ।
 उक्त कार्यक्रममा धन्यवाद मन्तब्य ब्यक्त गर्नुहुदैँ शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक दिग विजय सुबेदीले कार्य क्षेत्रमा प्रदर्शन गर्नुपर्ने विषेश प्रकृतिका कार्यहरु सम्बन्धी तालिम दिने हेतु सशस्त्र प्रहरी बल, नेपालको तालिम शिक्षालयको रुपमा रहेको उक्त शिक्षालयले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले तर्जुमा गरेका बिभिन्न किसिमका आधारभुत, उन्नत लगाएत बिभिन्न पेशागत तालिमहरु संचालन गरी सक्षम, सवल र ब्यबसायिक सशस्त्र प्रहरी कर्मचारीहरुलाई दिक्षित बनाई कार्यक्षेत्रमा शान्ति सुरक्षा, हुल तथा दंगा ब्यबस्थापन, बिपद ब्यबस्थापन र सीमा सुरक्षा जस्ता चुनौतीपुर्ण कार्यहरुमा परिचालित भई व्यवसायिक, कर्तव्यपरायण, इमान्दर र निष्ठावान भएर कार्यसम्पादन गरि रहेको कुरा उल्लेख गर्नु भएको थियो  ।
 उहाले आगामी दिनहरुमा पनि उपलब्ध श्रोत साधन एबं जनशक्तिको अधिकतम परिचालन गरी नतिजामुखी तालिमहरु संचालन गरिने प्रतिबद्धता जाहेर गर्नु भएको थियो । साथै उँहाले संगठनमा प्रारम्भ गरिएको नविनतम कार्यहरु जस्तै गुणस्तरिय लत्ता कपडाको समयमा नै प्राप्ति, गुनासो तथा सप्रकहरुको समस्याको तत्काल सुनावाईको व्यवस्था, मेश सुधार तथा विस्ताराको प्रबन्ध, प्रशिक्षक तथा प्रशिक्षार्थीहरुले प्राप्त गर्ने भत्ताको सम्बन्धमा भएको स्पष्ट व्यवस्थाले शिक्षालयमा कार्यरत सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुको मनोबल उच्च भएको कुरालाई प्रकास पार्नु भएको थियो । धन्यवाद मन्तब्य कै क्रममा उहाले प्रमुख जिल्ला अधिकारी ज्यू, स्थानिय सरकार, अन्य सुरक्षा निकाय र सरोकारवाला निकायहरु संग आवश्यक समन्वय गरी कार्य गरिने र सशस्त्र प्रहरी बल, नेपाल दन्तकाली बिशेष कार्य तालिम शिक्षालयलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने बिभिन्न स्थानिय निकायहरु, सरकारी कार्यालयहरु, संघ संस्था तथा पत्रकार, समाजसेवी र भद्रभलाद्मीहरुलाई समेत हार्दिक आभार ब्यक्त गर्नु भएको थियो।
 स्थापना दिवसको कार्यक्रमको अवसर पारी सशस्त्र प्रहरी बल, नेपाल दन्तकाली विशेष कार्य तालिम शिक्षालयले विद्यालय तथा समुदाय स्तरमा विपद् तथा आगलागी सम्बन्धि जनचेतनामुलक कार्यक्रम तथा नेपाल रेडक्रस सोसाइटी सप्तरीको सहकार्यमा ३१ जना सशस्त्र प्रहरी कर्मचारीहरुद्बारा रक्तदान, बिभिन्न समयमा मठ–मन्दिर तथा धार्मिक स्थलहरुको सरसफाईका साथ साथै तालिम शिक्षालय परिसरमा फुटबल, भलिबल, टेवलटेनिस, हाजिरी जवाफ प्रतियोगिता र पेशागत प्रतिस्पर्धात्कम खेलहरु आयोजना तथा शिक्षालय हाता भित्र आँप, लिची, कागती, कटहर, जामुन, अम्बा लगाएतका फलफुल सहित पाउलेनिया, पिपल, टिक र मसला जातिका करिब एक सय वटा भन्दा बढी बोटबिरुवाहरुको बृक्षारोपण गरिएको जानकारी सुचना अधिकारि केशब राज प्याकुरेलले जानकारी दिनु भयो ।
 

प्रतिक्रिया