कञ्चनपुर,असोज १२ गते ।
महुली समुदायिक लघुवित्त वित्तिय संस्था प्रालिका ३ जना कर्मचारीहरुले बचतकर्ताको १ करोडभन्दा बढी रकम हिनामिनाको घटना बाहिरिएको छ ।
महुली सामुदायिक लघुबित्त बित्तिय सस्थाका कार्यकारी प्रमुखको जाहिरेले बदी नेपाल सरकार भएर उच्च अदालत जनकपुरको बाणिज्य ईजलासमा असोग ७ गते भएको धुनछेक बहस भएको थियो । उक्त संस्थाका साहयक कर्मचारी यूवराज निरौला सहित तीन जना कर्मचारीले करोडौं रुपैया हिनामिाना गरेको आरोप लागेको छ । संस्थाका प्रवन्धकले हिनामिनाको उजुरी दिएपछि इलका प्रहरी कार्यालय कञ्चनपुरले मुद्दा दर्ता गरि कार्यवाही प्रक्रिया अघि बढाएको छ ।
सप्तरीको अग्नीसाईर कृष्णा सवरण गाउँ पालिका स्थित रहेको महुली समुदायिक लघुवित्त वित्तिय संस्था प्रालिका साहयक कर्मचारी वर्ष ३३ का यूवराज निरौला सहित ३ जनाको मिलोमतोमा उक्त संस्थामा आवद्ध रहेका सदस्यहरुको करोडौं रकम हिनामिना गरेको स्रोतले जानकारी दिएका हुन् ।
बितेको असोज ७ गते उच्च अदालत जनकपुर वाणिज्यको इज्जलासले घटनामा संलग्नमध्येका एक युवराज निरौलालाई २० लाख धरौटीमा छोड्न आदेश दिएको छ । घटनाका आरोपी २ जना कर्मचारी फरार रहेका छन् ।
स्रोतका अनुसार महुली समुदायिक लघुवित्त वित्तिय संस्था प्रालिका सहायक कर्मचारी निरौला सहित ३ जना माथि करिब १ करोड ५० लाख भन्दा बढीको ठगी गरेको आरोप लागेको छ ।
पछिल्लो समयमा वित्तिय संस्थामा ठगीका घटनाहरु बढेपनि स्थानीय सरकारले कुनै पहल गरेको छैन । केही पालिकाका प्रमुख स्वयम पनि विगतमा ठगीमा संलग्न रहेकोले सहकारी तथा वित्तिय संस्थाको ठगीको मुद्दाले प्राथमिकता पाएको छैन ।
नेपाली काग्रेसका नेता दुर्गा भट्टराईले समाजिक संजालमा लघुबित्त सस्थाको उदेश्य पबित्र छ, तर सस्थालाई सदस्यप्रति कति बिश्वश्निय बनाउन सकिन्छ भन्ने कुरो त्यो सस्थाको कार्यकारी प्रमुख र संचालक समितीमा निहित रहने उल्लेख गरेको छ । ‘मेरो बसोबास भएको स्थलमा नाम चलेको बित्तिय सस्था छ । त्यो सस्थाको स्थापना कालदेखि नै त्यो संस्थासग म परिचित छु । हाम्रो ठाउँलाई रास्ट्रियरुपमा परिचित गराउन मुख्य भुमिकाखेलेको लघुबित्त अहिले पछिल्ला दिनहरुमा रास्ट्रिय रुपमै आफ्नो साख बिगार्न लागेको भान हामिलाई लागेको छ ।’ भट्टराईले समाजिक संजालमा लेखेका छन,‘यो प्रसँग मलाई किन कोट्याउन मन लाग्यो भने काम बिशेष म जनकपुर उच्च अदालत गएको थिए, त्यो दिन त्याहाको बाणिज्य ईजलासमा बैकिङक कसुरको मुद्वामा थुनछेक बहस चल्दै रैछ, तो मुद्वा हाम्रै ठाउको लघुबित्तले त्यही लघुबित्तमा काम गर्ने कर्मचारीहरुलाई दर्ता गराएको रहेछ । आफ्नै ठाउको लघुबित्त भएकोले मलाई अलिक बढी चासो भयो र हुनु स्वभाबिकपनि थियो ।’
भट्टराईले समाजिक संजालमा लेखे,‘एकछिन बसेर सुनिरहे वकिलसाबहरुले गरेको बहस, सुन्दा मलाई आत्मग्लानी भयो तेति नाम चलेको मेरो गाउँठाउको लघुवित्त कता जादैछ भनेर । अनि कता लादैछन नेतृत्वले ? के गर्दैछ भनेर ? । अलि बढी नै चासो लिए र बुझ्ने प्रयास गरे । लगभग ६० दिनको अन्तरालमा त्यो कार्यालयबाट त्यही कार्यालयमा काम गर्ने बिभिन्न तहका ७ जाना उपर बैकिङक कसुरको मुद्वा दर्ता भएको रहेछ । करौडौ रुपैयाको माग दाबि लिएर । माग दाबि अपराध, अपचलन गरेको हो या हैन, दोशी होलान नहोलान त्यो न्यायिक निरुपणकोलागि सम्मानित अदालतमा गएको हुदा अदालतले निर्क्योल निकाल्छ नै ।’
प्रतिक्रिया