कञ्चनरुपमा बर्षमा इन्धनमा १ करोड भन्दा बढी खर्च तर विद्यालयमा खानेपानी र पंखाको अभाव हुदाँ ५० प्रतिशत विद्यार्थी विद्यालय आउन छोडे

  • आश्विन १३, २0८0
  • 0
...

किशोर पासवान
कञ्चनपुर,असोज १३ गते । कञ्चनरुप नगरपालिकाले गत आर्थिक बर्षमा इन्धनमा १ करोड लाख भन्दा बढी रकम सकेपनि विद्यालयमा खानेपानी र पंखाको व्यवस्था नहुदाँ ५० प्रतिशत विद्यार्थी विद्यालय आउन छोडेका छन् ।
सप्तरीको कञ्चनरुप नगरपालिका ५ पिप्रापूर्व पथरी स्थित श्री भगवती राष्ट्रिय प्राथमिक विद्यालयमा खानेपानी र पंखा नहुदाँ ५० प्रतिशत विद्यार्थी विद्यालय आउन छोडेको विद्यालयले जनाएको छ । 
विद्यालयमा बाल विकास देखि कक्षा ५ सम्मा  २ सय २९ जना विद्यार्थी रहेपनि  खानेपानी र पंखाका कारण बालबालिका विद्यालय आउन छोडेका हुन् । मंगबार भगवती राष्ट्रिय प्राथमिक विद्यालयमा बाल विकास देखि कक्षा ५ सम्मा  २ सय २९ जना विद्यार्थी मध्ये १ सय १९ जना विद्यार्थी मात्र उपस्थिती रहेका थिए । विद्यार्थीहरुलाई पठन पाठनमा निकै नै समस्या छ । तर जनप्रतिनिधिलाई चार वर्ष देखिभन्दा पनी कुनै समस्या समाधानमा कुनै वास्ता नगरेको विद्यालय प्रअ राजेन्द्र प्रसाद देवको गुनासो छ ।
उक्त विद्यालयमा बालविकास तर्फ ३८ जना विद्यार्थी मध्ये १४ जना प्रजेन्ट रहेको र कक्षा १ मा ५० जना मध्ये २५ जना,कक्षा २ मा ४३ जना मध्ये १८ जना,कक्षा ३ मा २४ जना मध्ये १५ जना,कक्षा ४ मा ३१ जना मध्ये २४ जना,कक्षा ५ मा ४३ जना मध्ये २३ जना मात्र उपस्थिती रहेको पाईएको छ  भनी उक्त विद्यालयमा बाल विकास देखि कक्षा ५ सम्ममा दलित विद्यार्थी १ सय ७५ रहेका छन् ।
विद्यालयका प्रअ देवले भने,‘विद्यालयका लागि वडा अध्यक्ष कैलाश साहलाई खानेपानी तथा विद्यालय कक्षाहरुमा पंखाका लागि ४ वर्ष देखि भनेपनि कुनै किसिमको वास्ता गरेको छैन, जसले गर्दा विद्यार्थीहरुलाई पानी पिउन र गर्मीका कारण धेरै जसो विद्यार्थी विद्यालय आउन छोडेको छ ।’
प्रअ देवले भने,‘हाल विद्यालयले २०८०÷५ ÷११ गते वडा कार्यालयलाई योजना पारित गरीदिनु हुन योजनाहरुको नाम लेटर प्याडमा लेखेर दिएको छु । योजनाहरु फर्निचर डेक्सब्रेन्च २० थान १० हजारको दरले जम्मा २० हजार,खानेपानी टयूवेल २ थान १२ हजारको दरले २४ हजार,बालबालिकाको विद्यालय पोशाक २ सय २९ जनालाई ८ सयको दरले १ लाख ८३ हजार २ सय,कक्षा कोठाहरुको रंगरोगन कोठा स्ांख्या ९ दर २५ हजार २ लाख २५ हजार,शौचालय सरसफाई गर्ने १ जना २ हजार जम्मा २४ हजार जम्मा ७ लाख ५६ हजार २ सय बरावरको योजना हामीले वडालाई लिखित रुपमा दिएको प्रअ देवले जानकारी दिएको छ ।

प्रतिक्रिया