कञ्चनपुर,असोज १३ गते । सप्तरीमा हत्याको श्रृखंला अझै रोकिएको छैन । कञ्चनरुप नगरपालिका ७का राहुल चौधरीको हत्या घटनामा एक जना अभियुक्त पक्राउ परेको एक साता नबित्दै सप्तरीको खडक नगरपालिका वडा नं.११ बनौलीस्थित पोखरीमा हत्या गरि फालिएको अवस्थामा शनिबार बिहान एकजना पुरुषको शव फेला परेको छ ।
स्थानीय रामप्रसाद यादवको घरछेउको पोखरीमा बोराभित्र सडेगलेको अवस्थामा तत्काल पहिचान हुन नसक्ने पुरुषको शव फेला परेको सप्तरीका डीएसपी ढुण्डीराज नेउपानेले जानकारी दिए ।
कसैले हत्या गरी बोरामा हालेर पोखरीमा हालेको हुनसक्ने अनुमान गरिएको छ । डीएसपी नेउपानेले अनुसन्धानपछि मात्र विस्तृतमा बताउन सकिने जनाए ।
पर्सामा महिलाको शव फेला
यसैबीच शनिबा। बिन्दबासिनी गाउँपालिका–२ ढोङ्गही खोलाको किनारमा महिलाको शव फेला परेको छ । खोलाको उत्तर किनारदेखि १० फिट उत्तरतर्फ बिहीबार करिब ४० देखि ६० वर्ष उमेर समूहकी महिलाको शव फेला परेको हो ।
महिलाको शव सडिसकेको अवस्थामा फेला परेको र शनिबार बिहानसम्म पनि पहिचान खुल्न सकेको छैन । ५ फिट २ इन्च उचाई र करिब ४० देखि ४५ किलो वजन भएकी अनुमान गरिएको मृतक महिलाले निलो रंगको पेटिकोट, रातो रंगको ब्लाउज र रातो रंगको चुरा लगाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कुमारविक्रम थापाले जानकारी दिए ।
राहुल चौधरीको घटना अनुसन्धान प्रगति ःतर वैरवामा हत्याको प्रगति जिरो
गत भदौ २१ मा कञ्चनरूप–७ का २५ वर्षीय राहुलकुमार चौधरी मृत फेला परेका थिए । शव सुन्दरीखोला पुलदेखि सय मिटर दक्षिण निर्वस्त्र अवस्थामा भेटिएको थियो । उनलाई लागुऔषध को अत्यधिक सेवन गराई हत्या गरेको प्रहरी अनुसन्धानको निष्कर्ष छ । उनको हत्याको आरोपमा कञ्चनरुप–६ का पशुपति राम छन् ।रामलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी ढुण्डीराज न्यौपानेले बताए ।
रामले चौधरीलाई सीमावर्ती भारतीय बजार लगेर सँगै लागुऔषध किनेर ल्याइ सुन्दरीखोला छेउमा पु¥याएर अत्यधिक मात्रामा खुवाइ बेहोस बनाइ हत्या गरेको र हत्यापछि मोबाइल र घडी लुटी लगेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । पक्राउ गरिएका रामविरुद्ध मुद्दा चलाउन सप्तरी जिल्ला अदालतबाट मंगलबार ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको डीएसपी न्यौपानेले बताए ।
यता २०७९ मंसिर १२ गते सप्तरीको कञ्चनरूप नगरपालिका– १ बैरबामा एक पुरुषको हत्या घटना रहस्मय छ । ५० वर्षीय पप्पु राउतको शव घाँटी रेटी हत्या भएको अवस्थामा घर नजिकैको पोखरीमा शव फेला परेको बर्ष दिन बित्नै लाग्दा समेत प्रहरीले अनुसन्धानबाट केही पत्ता लगाउन सकेको छैन । प्रहरीले ‘घटनाको सूक्ष्म अनुसन्धान थालिएको जनाएको थियो । घटना अनुसन्धानमा सहयोगका लागि तालिमप्राप्त कुकुरसमेत ल्याएका थिए तर इलका प्रहरी कार्यालयमा दुई जना डिएसपी फेरिदा समेत अनुस्नधानमा कुनै प्रगति भएको छैन ।
जनमम पार्टीले गत भदौं २५ गते सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापालाई मार्फत गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाउँदै सप्तरीको कञ्चनरुप नगरपालिका भित्र भएका हत्या,बलात्कारदेखी अस्पतालमा यूवा मृत्युको घटनामा दोषीलाई कार्यवाही गर्न माग गरेका थिए ।
जनमत पार्टीका केन्द्रिय सदस्य एवं सप्तरी क्षेत्र नं. १(क)का प्रदेश सभाका प्रत्यासी उम्मेदबार समेत रहेका शिवनन्दन महतोको नेतृत्वमा युवा जनमत संघ कञ्चनरुप नगरपालिका संयोजक अफाक हक(कालु),उपाध्यक्ष मनोज साह, सचिव संजय दास, कञ्चनरुप ६का वडा संयोजक हिर महम्मद,प्रसान्त चौधरी लगायतले ‘घटनाहरुबारे सुक्षम रुपमा अनुसन्धान गरी चाडैँ पीडितले न्याय पाउनेगरि कार्यवाही अघि नबढे जनमत पार्टी सशक्त आन्दोलन गर्न बाध्य हुने र सोबाट हुने क्षतिको जिम्मेबार राज्य स्वयम हुने समेत ध्यानकर्षण गराउन गराएका थिए ।
राहुल चौधरी हत्या घटनामा युवा जनमत संघले घटनामा प्रमाण जुटाउनेदेख ीआरोपीलाई समाउनका लागि प्रहरीलाई सहयोग गरेको कञ्चनरुपका संयोजक अफाक हक(कालु)ले बताए । उनले भने, ‘अव हामी कञ्चनरुप १ वैरवामा हत्या भएका संजय राउतको घटनामा पनि प्रहरीलाई थप अनुसन्धानका लागि सहयोग गर्छौ ।’
हत्याको ५ वर्ष बित्दा पनि खुलेन कारण
सप्तरीका साह दम्पतीको हत्या भएको ५ वर्ष बित्दा पनि प्रहरीले कारण र दोषी पहिल्याउन सकेको छैन । खड्ग नगरपालिका–५ खरचुहियाका ती दम्पतीलाई सुतिरहेकै कोठामा हत्या गरेर जलाइएको थियो ।
२०७५ फागुन १४ गते बिहान ७५ वर्षीय सबुरी साह र उनकी श्रीमती ६५ वर्षीया बेचनीदेवीको शव फेला परेको थियो । नियमित दूध दिन आउने व्यक्ति बिहान आउँदा घरबाट कोही बाहिर ननिस्केको र कोठाबाट धूवाँ निस्केको देखेका थिए । स्थानीय र प्रहरीले हेर्दा दम्पती घरभित्रै जलिसकेको अवस्थामा फेला परेका थिए ।
सप्तरीका तत्कालीन प्रहरी प्रमुख एसपी राजेन्द्र विष्टसहितको टोली तत्कालै घटनास्थल पुगी तालिमप्राप्त कुकुर झिकाइयो । सप्तरी प्रहरीसँगै प्रदेश प्रहरी कार्यालय जनकपुरबाट पनि विशेष अनुसन्धान टोली खटिएको थियो । दुई छोरा इन्जिनियर रहेका साह दम्पतीले ब्याजमा पैसा लगाउने गरेको खुलेको थियो । घरमा उनीहरू मात्र बस्दै आएका थिए । त्यतिबेला आँगनका विभिन्न स्थानमा रगतका समेत छिटा देखिँदा हत्यापछि जलाइएको प्रहरीको आशंका थियो । त्यसक्रममा विभिन्न कपाली तमसुकसमेत जलाइएको फेला परेको थियो । ऋण ब्याजसम्बन्धी विवादमै हत्या भएको आशंका गरिएको छ । दम्पतीको हत्यापछि सप्तरीमा ५ प्रहरी प्रमुख फेरिइसकेका छन् । तर घटनाबारे केही प्रगति भएको छैन ।
प्रतिक्रिया