किशाेर पासवान
कञ्चनपुर,असोज १० गते । ईलाका प्रहरी कार्यालय कंचनपुरले ‘अबैध मदिरा नियन्त्रण अभियान’अन्र्तगत बिहीबार कञ्चनपुर बेरियरबाट अवैध घरेलु मदिरा बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय कञ्चनपुरका टोलीले बेरियर स्थित बस स्टेन्डमा बेवारिसे अवस्थामा राखिएको ८० लिटर अबैध घरेलु मदिरा फेला पारेको थियो । फेला पारिएको उक्त मदिरा नष्ट गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी भन्सार छली गरेर अबैध रुपमा ल्याउदै गरेको खाद्यान्य र सूर्ति समेत प्रहरीले बिहिबार बरामद गरेको छ । भारतको भिमनगरबाट ल्याउदै गरेको ५० केजी चिनी, ४८ पोका सुर्ती प्रहरीले बरामद गरेको जनाएको छ । कञ्चनरुप नगरपालिका ८ कञ्चनपुर वेरियरमा चेकजाँचको क्रममा अवैध समान बरामद गरिएपनि व्यक्ति फरार भएको इप्रका कञ्चनपुरले जनाएको छ ।
प्रहरीले गत भदौ देखि असोजको पहिलो सातासम्म ४ सय लिटर अबैध घरेलु रक्सी र रक्सी बनाउन प्रयोग गर्ने कच्चा पदार्थ १ हजार ३ सय ९५ लिटर नष्ट गरेको ईप्रका कञ्चनपुरले जनाएको छ ।
प्रतिक्रिया