सुसिन्द्र पासवान
कञ्चनपुर,असोज १३ गते । सप्तरीको खडक नगरपालिका वडा –११ बनौलीमा एक युवालाई हत्या गरी शवपोखरीमाफालिएको अवस्थामाशनिबार प्रहरीले फेलापारेको छ ।
स्थानीय रामप्रकाशयादवले माछा पालनकालागिखनिएको पोखरीमाकरिब २२ वर्षिय युवाको लास बोरामा राखेर पानी भित्रबाटप्रहरीले बरामद गरेको हो । दुई टुक्रा गरि दुइवटा बोरामा छुटाछुटै स्थानमापानिमा गाडेर माथिवाट केजहुइल (ट्रयक्टरको फलामचक्का) हालेको अवस्थामामानवकङ्कालप्रहरीले बरामद गरेको हो । प्रहरीले हालसम्म बरामदलास कस्को हो त्यो प्रस्ट गरेको छैन तर खडक नगरपालिका वडा न ११ का वडा सदस्यआसिनमियाँले हत्या गरि गाडिएको लास खडक नगरपालिका वडा न ११ का समिउल्लामियाँका २२ वर्षिय छोरा अजिममियाँको रहेको जानकारी दिए।
उनले भने,‘अजिममियाँगतभदौ २१ गते जन्मअस्टमि मेलाकालागिहुलाकी सडक खण्डको बनौलि मेलामाआएको थियो उनले लगाएको कपडा र शरिरको बनोटको आधारमा अजिमकै हो ।’प्रहरीले बरामदमानवकङ्कालको मुचुल्काबनाएर विशेष अनुसधानकालागि राजविराज लगेको छ ।बरामदमानवकङ्रकाललाई प्रहरीले मुचुलका उठाएर पोस्टमाटमका लागि राजविराजलगिएको जिल्लाप्रहरी कार्यालय सप्तरीकाएसपीगजुसिद्धी बज्राचार्यले जानकारी दिए ।एसपीगजुसिद्धी बज्राचार्यले बरामतशवअजिममियाँको रहेको हाम्रो पनिआशंका छ, तर अहिले सम्म हामी सानाखतकै प्रक्रियामा रहेको बताए ।
सप्तरीमाहत्याको श्रृखंलाअझै रोकिएको छैन । कञ्चनरुपनगरपालिका७का राहुलचौधरीको हत्या घटनामा एक जनाअभियुक्तपक्राउ परेको एक सातानबित्दै सप्तरीको खडक नगरपालिका वडा नं.११ बनौलीस्थितपोखरीमाहत्या गरि फालिएको अवस्थामाशनिबार बिहानएकजना पुरुषको शव फेला परेको छ ।
स्थानीय रामप्रसाद यादवको घरछेउको पोखरीमाबोराभित्र सडेगलेको अवस्थामातत्कालपहिचानहुननसक्ने पुरुषको शव फेला परेको सप्तरीका डीएसपी ढुण्डीराज नेउपानेले जानकारी दिए ।
कसैले हत्या गरी बोरामाहालेर पोखरीमाहालेको हुनसक्ने अनुमान गरिएको छ । डीएसपी नेउपानेले अनुसन्धानपछि मात्रविस्तृतमाबताउन सकिने जनाए ।
पर्सामा महिलाको शव फेला
यसैबीचशनिबा। बिन्दबासिनीगाउँपालिका–२ ढोङ्गहीखोलाको किनारमा महिलाको शव फेला परेको छ । खोलाको उत्तर किनारदेखि १० फिट उत्तरतर्फ बिहीबार करिब ४० देखि ६० वर्ष उमेर समूहकीमहिलाको शव फेला परेको हो ।
महिलाको शव सडिसकेको अवस्थामा फेला परेको र शनिबार बिहानसम्मपनिपहिचानखुल्न सकेको छैन । ५ फिट २ इन्चउचाई रकरिब ४० देखि ४५ किलो वजनभएकीअनुमान गरिएको मृतकमहिलाले निलो रंगको पेटिकोट, रातो रंगको ब्लाउज र रातो रंगको चुरा लगाएको जिल्लाप्रहरी कार्यालयकाप्रवक्ता डीएसपी कुमारविक्रमथापाले जानकारी दिए ।
राहुलचौधरीको घटना अनुसन्धानप्रगति ःतर वैरवामाहत्याको प्रगतिजिरो
गतभदौ २१ मा कञ्चनरूप–७ का २५ वर्षीय राहुलकुमार चौधरी मृत फेला परेका थिए ।शव सुन्दरीखोलापुलदेखि सय मिटर दक्षिण निर्वस्त्र अवस्थामा भेटिएको थियो । उनलाई लागुऔषध को अत्यधिक सेवन गराई हत्या गरेको प्रहरी अनुसन्धानको निष्कर्ष छ । उनको हत्याको आरोपमाकञ्चनरुप–६ का पशुपति राम छन् ।रामलाई नियन्त्रणमा लिइएको जिल्लाप्रहरी कार्यालय सप्तरीका डीएसपी ढुण्डीराजन्यौपानेले बताए ।
रामले चौधरीलाई सीमावर्ती भारतीयबजार लगेर सँगै लागुऔषधकिनेर ल्याइ सुन्दरीखोला छेउमा पु¥याएर अत्यधिकमात्रामाखुवाइ बेहोस बनाइहत्या गरेको र हत्यापछि मोबाइल र घडी लुटी लगेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।पक्राउ गरिएका रामविरुद्ध मुद्दा चलाउन सप्तरी जिल्ला अदालतबाट मंगलबार ७दिनको म्यादथप गरी अनुसन्धानभइरहेको डीएसपी न्यौपानेले बताए ।
यता२०७९ मंसिर १२ गते सप्तरीको कञ्चनरूपनगरपालिका– १ बैरबामा एक पुरुषको हत्याघटना रहस्मय छ । ५० वर्षीय पप्पु राउतको शव घाँटी रेटी हत्याभएको अवस्थामा घर नजिकैको पोखरीमाशव फेला परेको बर्ष दिनबित्नै लाग्दा समेत प्रहरीले अनुसन्धानबाट केहीपत्तालगाउन सकेको छैन । प्रहरीले ‘घटनाको सूक्ष्म अनुसन्धानथालिएको जनाएको थियो । घटना अनुसन्धानमा सहयोगकालागितालिमप्राप्त कुकुरसमेत ल्याएकाथिए तर इलकाप्रहरी कार्यालयमादुई जना डिएसपी फेरिदा समेत अनुस्नधानमाकुनै प्रगतिभएको छैन ।
जनमम पार्टीले गतभदौं २५ गते सप्तरीकाप्रमुखजिल्लाअधिकारी किरण थापालाई मार्फत गृह मन्त्रालयलाई ज्ञापन पत्रबुझाउँदै सप्तरीको कञ्चनरुपनगरपालिकाभित्रभएकाहत्या,बलात्कारदेखी अस्पतालमा यूवा मृत्युको घटनामा दोषीलाई कार्यवाही गर्न माग गरेका थिए ।
जनमत पार्टीका केन्द्रिय सदस्यएवं सप्तरी क्षेत्र नं. १(क)काप्रदेश सभाकाप्रत्यासीउम्मेदबार समेत रहेका शिवनन्दनमहतोको नेतृत्वमायुवाजनमत संघ कञ्चनरुपनगरपालिका संयोजकअफाकहक(कालु),उपाध्यक्षमनोज साह, सचिव संजय दास, कञ्चनरुप ६का वडा संयोजक हिर महम्मद,प्रसान्त चौधरी लगायतले ‘घटनाहरुबारे सुक्षम रुपमा अनुसन्धान गरी चाडैँ पीडितले न्यायपाउनेगरि कार्यवाही अघि नबढे जनमत पार्टी सशक्तआन्दोलन गर्न बाध्यहुने र सोबाट हुने क्षतिको जिम्मेबार राज्य स्वयमहुने समेत ध्यानकर्षण गराउन गराएकाथिए ।
राहुलचौधरी हत्या घटनामा युवाजनमत संघले घटनामा प्रमाण जुटाउनेदेख ीआरोपीलाई समाउनकालागिप्रहरीलाई सहयोग गरेको कञ्चनरुपका संयोजकअफाकहक(कालु)ले बताए । उनले भने, ‘अवहामीकञ्चनरुप १ वैरवामाहत्याभएका संजय राउतको घटनामा पनिप्रहरीलाई थप अनुसन्धानकालागि सहयोग गर्छौ ।’
हत्याको ५वर्ष बित्दापनिखुलेन कारण
राजविराज— सप्तरीका साहदम्पतीको हत्याभएको ५वर्ष बित्दापनिप्रहरीले कारण र दोषीपहिल्याउन सकेको छैन । खड्ग नगरपालिका–५ खरचुहियाकातीदम्पतीलाई सुतिरहेकै कोठामा हत्या गरेर जलाइएको थियो ।
२०७५ फागुन १४ गते बिहान७५ वर्षीय सबुरी साह र उनकीश्रीमती ६५ वर्षीया बेचनीदेवीको शव फेला परेको थियो । नियमितदूधदिनआउने व्यक्तिबिहानआउँदा घरबाट कोहीबाहिर ननिस्केको र कोठाबाट धूवाँनिस्केको देखेका थिए । स्थानीय र प्रहरीले हेर्दा दम्पती घरभित्रै जलिसकेको अवस्थामा फेला परेका थिए ।
सप्तरीकातत्कालीनप्रहरी प्रमुखएसपी राजेन्द्र विष्टसहितको टोलीतत्कालै घटनास्थल पुगीतालिमप्राप्त कुकुर झिकाइयो । सप्तरी प्रहरीसँगै प्रदेश प्रहरी कार्यालय जनकपुरबाट पनिविशेष अनुसन्धान टोली खटिएको थियो । दुई छोरा इन्जिनियर रहेका साहदम्पतीले ब्याजमा पैसा लगाउने गरेको खुलेको थियो । घरमा उनीहरू मात्रबस्दै आएकाथिए । त्यतिबेलाआँगनकाविभिन्न स्थानमा रगतका समेत छिटा देखिँदा हत्यापछि जलाइएको प्रहरीको आशंकाथियो । त्यसक्रममाविभिन्नकपाली तमसुकसमेत जलाइएको फेला परेको थियो । ऋण ब्याजसम्बन्धीविवादमै हत्याभएको आशंका गरिएको छ ।दम्पतीको हत्यापछि सप्तरीमा५ प्रहरी प्रमुख फेरिइसकेका छन् । तर घटनाबारे केहीप्रगतिभएको छैन ।
प्रतिक्रिया