सुसिन्द्र पासवान
कञ्चनपुर, असोज १५ गते । सप्तरीको खडक नगरपालिका ११ बनौली स्थित एक पोखरीमा१८ वर्षीय मोहम्मद अजिम मुद्दिनको हत्या गरि पोखरीमा फालिएको घटनामा संलग्न चार जनालाई पक्राउ गरेको छ ।
सप्तरीका प्रहरी प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपालेनेप्रहरीका अनुसार हत्यामा संलग्न भएको आरोमा बालिकाकी आमा बिना यादव, काका ३४ वर्षीय रामप्रगास यादव, छिमेक ३५ वर्षीय डम्बरनारायण साह, ४० वर्षीय छोटेलाल भन्ने धर्मेन्द्र साह र रामप्रगास मुखिया छन् । घटनामा संलग्नको थपको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
शनिबार बिहान गाउँकै पोखरीमा दुईवटा प्लास्टिकको बोरामा सडेको अवस्थामा फेला परेको शव युवक अजिमकै रहेको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपालेने बताए । अजिम गाउँकै मोहम्मद समिउल्लाका छोरा हुन् ।
हत्यामा संलग्न आरोपी प्रगास मुखिया यसअघि हातहतियार खरखाजा र शरीरबन्धक मुद्दामा पक्राउ परेर कारबाही भोगेको खुलेको प्रहरीले जनाएको छ । बालिकाको बुबाको मृत्यु भइसकेको छ ।
प्रहरीका अनुसार हत्या भएका अजिम गाउँकै हिरा फेकनी निम्न माध्यमिक विद्यालय, बनौलीमा पढ्थे । उनले एसईई दिएका थिए । त्यही विद्यालयमा कक्षा ८ मा पढ्ने बालिकासँग चार महिनादेखि अजिमको प्रेम परेको थियो ।
भदौ २१ गते कृष्णाष्टीमीको दिन गाउँमै लागेको मेला हेर्न अजिम दिउँसो घरबाट निस्केका थिए । साँझ ६ जना साथीसित मेला हेरेर रमाइलो गरे । चार जना साथी घर फर्किए । रात परेपछि अजिमसँगै रहेका अर्का साथीले घर फर्किन आग्रह गरे ।
तर अजिमले आफू प्रेमिका भटेर आउने भन्दै ती साथीलाई घर फर्किन भनेका थिए । तर उनी बेपत्ता भए । घरपरिवार राति र भोलिपल्ट खोजे । तर फेला परेनन् । तेस्रो दिन प्रहरीलाई जानकारी गराए ।
प्रहरी लामोसमय सम्म खोजे । तर पत्तो लागेन । अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार अन्तमा मेलाबाट छुटेका साथीको क्लुबाट अनुसन्धान थालेपछि प्रहरीले उनको हत्या भएको निष्कर्ष निकाले । त्यसपछि शंकास्पद व्यक्ति पक्राउ गरे ।
तर उनीहरूले भारततर्फ घुमफिर गर्न गएको हुन सक्छ भनेर संलग्नता अस्वीकार गरिरहे । अन्तमा शव पोखरीमै कतै हत्या गरेर लुकाएको निष्कर्षसहित प्रहरीले गाउँको तीनवटा पोखरीमा शुक्रबार सर्च अप्रेसन गरेको थियो । त्यही क्रममा शुक्रबार साँझ एउटा पोखरीमा ट्याक्टरको रिंग भेटियो ।
रिंग फेला परेपछि पोखरी सुकाउन थालियो । त्यसपछि एउटा बोरा फेला प¥यो । साँझ परेपछि छाडियो । भोलिपल्ट शनिबार बिहान थप खोजेपछि रिंगको तल दुईवटा बोरामा सिमेन्टको पिलरमा बाँधेर शव राखिएको भेटिएको प्रहरीको भनाइ छ ।
टुक्रा गरेर शव बोरामा राखेको र सडेकाले पोस्टमार्टमका लागि विपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । युवकको बीभत्स तरिकाले हत्या गरेको र घटना नखुलोस् भनेर लुकाउने प्रयास भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया