सप्तरीका नयाँ एसपी बज्राचार्यको प्रतिबद्धता : गम्भिर प्रकृितका अपराधका पुराना फायलहरुको सुक्ष्म अध्ययन गरी अनुसान्धान अघि बढाउँछु

  • आश्विन १५, २0८0
  • 0
...

रामनाथ राम
राजविराज, असोज १५ गते । 
सप्तरीका नवागंतुक प्रहरी प्रमुख एसपी गजुसिद्वी बज्राचार्यले  गम्भिर प्रकृितका अपराधका पुराना फायलहरुको सुक्ष्म अध्ययन गरी अनुसान्धान अघि बढउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा सोमबार आयोजित परिचयात्मक कार्यकमा बोल्दै  उनले यस्तो प्रतिबद्धता गरेका हुन् । 
जिल्लामा अपराध नियन्त्रण गर्दै शान्ति सुरक्षा कायम गर्न पत्रकारसंग समन्वय र सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त भने,‘ अपराध अनुसन्धान र शान्ति सुरक्षाका सवालमा कोहीसँग पनि सम्झौता गरिने छैन ।’ 
कसैको दवाव वा प्रभावमा नपरी निष्पक्ष रुपमा सेवा प्रवाह गर्ने बताउदै एसपी बज्राचार्यले  प्रहरी कार्यालयबाट सेवाग्राहीलाई निराश हुनु नपर्ने बाताबरण मिलाउने विश्वास व्यक्त गरे । 
कार्यक्रममा बोल्दै एसपी बज्राचार्यले आम जनताले सुरक्षाको अनुभुती गर्ने गरि  सेवा गर्ने  बताए ।  शान्ति सुरक्षा तथा अपराध नियन्त्रण गर्ने हाम्रो कर्तव्य हो, उनले भने, ‘यसका लागी पत्रकारहरुको साथ सहयोग उत्तिकै चाहिन्छ , जिल्लामा हुने सबै प्रकारको बेथितिको अन्त्यका लागि समन्वय र सहकार्यका लागि प्रतिबद्ध छु ।’
 प्रहरी,प्रशासन  र पत्रकार विच यसअधि सम्बन्ध विग्रीएकोले आम नागरिकले शान्ति सुरक्षाको महुसुस गर्न नपाएको  भनी पत्रकारहरुले गरेको सवालको जवाफ दिदै एसपी बज्राचार्यले  विगतका कमजोरीलाई विर्सीएर नयाँ ढंगले एक– आपसमा सम्बन्ध बढाउन आग्रह गरे ।
एसपी बज्राचार्यले सम्मान जति बाँडे पनि उतिनै आफुले पाउने भएकोले प्रहरीबाट सेवा लिन आउने सेवाग्राहीहरुलाई सम्मानपुर्वक सेवा प्रदान गर्नुपर्नेमा जोड दिए । 
सम्मान जति बाँड्यौं त्यतिनै आफुलाई आउँछ, उनले भने, अरुलाई सम्मान गर्न सकेमात्र अरुबाट पनि पाईने भएकोले प्रहरीको तर्फबाट कसैको सम्मानमा ठेस पुग्न दिनै छैनौं ।
 यसैगरी डिएसपी ढुण्डीराज नेउपानेले  पत्रकारहरुलाई समयमा सूचना दिने प्रतिबद्धता व्यक्त गरे । उनले सूचना लुकाउदा राम्रो परिणाम नआउने बताउदै पत्रकारले चाहेकै समयमा सुचना उपलब्ध गराउन तत्पर रहेको बताए । 
कार्यक्रममा पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देव, केन्द्रिय सदस्य ललिता साह, पूर्व केन्द्रिय सदस्य अवधेश झा, प्रेस युनियन सप्तरीका अध्यक्ष विनय लाल कर्ण लगायतले जिल्लामा अपराध न्यूनीकरणका लागि आ–आफ्नो सुझाव दिएका थिए ।

प्रतिक्रिया