किशोर पासवान
कञ्चनपुर, असोज १५ गते ।
जिल्ला काठमाडौं, चन्द्रागिरी नगरपालिका वडा नं. १४ वडा कार्यालयमा कार्यरत असिष्टेन्ट सव–इन्जिनियर विजया लक्ष्मी पन्तले २५ हजार घुस सहित पक्राउ परेको छ ।
भवन निर्माण सम्पन्न भएको प्रमाण–पत्र दिने क्रममा सेवाग्राहीसँग घुस÷रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटि गएको टोलीले सोमबार पक्राउ गरेको हो ।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार निज बिजया लक्ष्मी पन्तलाई सेवाग्राहीबाट २५ हजार रुपैयाँ घुस÷रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित चन्द्रागिरी नगरपालिका वडा नं. ११ स्थित सतुङ्गलबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया