रामनाथ राम
राजविराज,असोज २२ गते ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले सोमबार राजविराज स्थित रुपनि मोडमा नागरीक सहायता कक्ष उद्घाटन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख किरण थापाले एक कार्यक्रमबीच नागरीक सहायता कक्ष उद्घाटन गरेको हो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक गजु सिद्धि बज्राचार्य, सगरमाथा यातायात व्यवसायी कम्पनि प्रा.लि. राजविराजका उपाध्यक्ष दिनेश गुप्ता, यातायात व्यवसायी कम्पनी प्रा.लि.का पदाधिकारीहरु, स्वतन्त्र मजदुर संघ–संगठनका प्रतिनिधिहरु, संचारकर्मी लगायत स्थानिय बासिन्दाहरु उपस्थित रहेको थियो ।
कार्यक्रममा एक सय जनाभन्दा बढीको उपस्थितिमा नेपालीहरुको महान चाड विजय दशमी, शुभ दिपावली तथा छठ पर्व २०८० को अवसरमा शुभकामना व्यक्त गर्दै यात्रु महानुभावहरुको सुरक्षा तथा सुविधालाई मध्यनजर गरी यात्रु सहायता कक्षको समुद्घाटन प्र.जि.अ. किरण थापाले बताए । कार्यक्रममा उपस्थित सम्पुर्णमा जि.प्र.का. सप्तरीका प्रहरी उपरीक्षक गजु सिद्धि बज्राचार्यले धन्यवाद व्यक्त गरेका थिए । अहिलेसम्म जिल्लाका ११ स्थानमा हाल सम्म यात्रु सहायता कक्षको स्थापना गरीएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिक्रिया