कञ्चनपुर,असोज २२ गते ।
संघीय निजामती सेवा विधेयक संशोधनको माग गर्दै कञ्चनरुप नगरपालिकाका सेवा करारका कर्मचारीहरू आन्दोलनका लागि कर्मचारीहरु पनि आन्दोलनमा उत्रिएका छन् ।
कञ्चनरुप नगरपालिकामा आन्दोलनका लागि गठित सर्घष समितिका सह संयोजक हरेराम कार्कीका अनुसार कञ्चनरुप नगरपालिकामा एक सयभन्दा बढी कर्मचारी रहेका छन् । कार्कीका अनुसार कञ्चनरुप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेलाई माग पत्र बुझाइएको छ । सरकारले संघीय संसद्मा निजामती विधेयक दर्ता गर्ने तयारी गरिरहेका बेला स्थानीय तहका कर्मचारीहरुले काठमाडौं आएर आन्दोलन गरीरहेका छन् । संघीय निजामती ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने तथा स्थानीय तहका कर्मचारीलाई निजामतिको परिभाषाभित्र समेट्नुपर्ने उनीहरुको माग छ ।
स्थानीय तह कर्मचारी संघर्ष समिति गठन गरेर आन्दोलनमा उत्रिएका उनीहरुले समायोजनका कर्मचारीहरूको उचित व्यवस्थापन, तीनै तहका कर्मचारीको समान वृत्तिविकासको व्यवस्था तथा कर्मचारी कल्याणकारी कोषको व्यवस्थालगायतका गर्न माग गरेका छन् ।
संघीय निजामती विधेयकमा स्थानीय सेवामा काम गर्नेलाई कर्मचारी नै स्वीकार नगरिएकाले आन्दोलन गर्नुपरेको संघर्ष समितिले जनाएको छ । उनीहरूले स्थानीय तहमा स्थानीय सेवाकै प्रमुख प्रशासकीय अधिकृत हुनुपर्नेमा संघको कर्मचारी पठाउने प्रस्ताव विधेयकमा गरिएकाले आन्दोलन गर्न बाध्य भएको आन्दोलनकारीले जनाएको छ ।
साथै, स्थानीय सेवामा कार्यरत कर्मचारीलाई समेटेर एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, स्थानीय सेवाका कर्मचारीको सेवाको सुरक्षा हुनुपर्ने, समायोजन भएका कर्मचारीको उचित व्यवस्थापन हुनुपर्ने, करारका कर्मचारीलाई व्यवस्थापन गर्नुपर्ने, तीनै तहका कर्मचारीलाई निजामती कर्मचारीको परिभाषामा समेट्नुपर्ने माग रहेका छन् ।
प्रतिक्रिया