ट्रयाक्टर दुर्घटनामा घाइते भएका एक जना उपचार खर्च तिर्न नसक्दा अस्पतालमा बन्धक ः प्रहरीले चासो नलिएको आरोप

  • आश्विन २४, २0८0
  • 0
...


किशोर पासवान
कञ्चनपुर,असोज २४ गते ।
कञ्चनरुप नगरपालिका ५ परेमारा टोलका राजकुमार सरदारको उपचारमा लागेको खर्च सवारीधनी नतिरेपछि विराटनगर स्थित गोल्डेन अस्पतालमा बन्धक  भएर बस्न बाध्य भएका छन् ।
प्रदेश १—०२ —००३ त. १३१३ नम्बरको ट्रयाक्टरले राजकुमार सरदारदाई ठक्कर दिएको थियो । कञ्चनरुप नगरपालिका – १ (हाल राजबिराज नगरपालिका ५  स्वर्णटोल बस्ने ) बिन्देश्वर यादबले उपचार खर्च नतिरेपछि राजकुमार सरदार अस्पतालमा बन्धक बनेको हो ।  बितेको असार २९ गते महुलीपुलमा ट्रयाक्टरबाट घाईते भएका थिए । सरदारको खुटामा पटक पटक शल्यक्रिया गरिएको छ । 
ट्रयाक्टरधनीले सुरुमा ९० हजार रुपैया उपचार खर्च दिएर ट्रयाक्टर चालक महदेवा गाउँपालिका २का राम किसुन मण्डलका छोरा त्रिभुवन मण्डललाई सबै उपचार खर्च तिर्ने शर्तमा इलका प्रहरी कार्यालय कञ्चनपुरबाट सवारीधनीले जमानतमा छुटाएका थिए । 
ट्रयाक्टर छुटाउने समयमा एक पटक ९५ हजार रुपैया दियो,त्यसपछि ट्रयाक्टरधनी सम्पर्क विहीन भएका छन् । हाम्रो फोन पनि ब्लक गरेको छ । पीडित राजकुमार सरदारका बुवा आशाराम सरदारलका अनुसार उपचारमा अहिलेसम्म करिब १२ लाखभन्दा बढी खर्च भइसकेको छ । करिब १२ लाखभन्दा बढी खर्च भइसकेको छ । ‘ हामीले सरसापटी गरेर ३ लाखभन्दा बढी तिरिसकेका छौं,अहिले अस्पतालले ८ लाख ८५ हजार थप रकम माग्दैछ । हामी दैनिक काम गरेर खाने मान्छे कहाँबाट ल्याउनु त्यक्ति पैसा ? ’ 
‘प्रहरीले सुरुमा ट्रयाक्टरधनीलाई उपचार खर्च तिर्ने शर्तमा छोडे अहिले पक्राउ गरिरहेको छैन । हामी कहाँबाट पक्राउ गरेर ल्याउनु सवारीधनीलाई ।’ पीडित सरदारले भने,‘असप्ताल र प्रहरी कार्यालय धाउँदा धाउँदा घर परिवारका सदस्यलाई के खुवाउने समेत समस्या सृर्जना भएको छ  ।’
इलका प्रहरी कार्यालय कञ्चनपुरले कञ्चनपुरले जिल्ला प्रहरी कार्यालय सप्तरीलाई  बितेको असोज १५ गते सवारी अंगभंगमा मुद्दा चलेका उक्त गाडी पक्राउ गरिदिन पत्राचार गरेको छ । तर एक हप्ता बित्दा समेत प्रहरीले सवारी नियन्त्रणमा लिएको छैन । 
इलका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी दिपककुमार रायले ट्रयाक्टर समातेर ल्याउन जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरिएको बताए । उनले भने,‘ हाम्रो एरियामा ट्रयाक्टरधनी छैन,हामीले जिल्लालाई पक्राउ गरि बुझाउन पत्राचार गरेका छौं ।’
 

प्रतिक्रिया