अवलोकित समाचारदाता
कञ्चनपुर,असोज १० गते । ‘कञ्चनरुप नगरपालिकाले तीन जनाले संयुक्त रुपमा व्यसायिक रुपमा मेवा खेती शुरु गरेका छन् ।
कञ्चनपुर नगरपालिकाका पीताम्बर कर्ण, दीपक गुप्ता र अनिल प्रधानले करीब २० लाखको संयुक्त लगानीमा पाँच बिघा जमीनमा मेवा खेती शुरु गरेका हुन् ।
रोपेको आठ महीनामा मेवा बिक्री लायक हुने र एउटा मेवाको बोटबाट कम्तीमा ५० र बढीमा १०० किलोसम्म फल दिने र एउटै बोटलाई दुई वर्षसम्म प्रयोगमा ल्याउन सकिने भएकाले यो व्यवसाय फाइदाजनक रहेको व्यवसायीमध्येका एक कृषक पीताम्बर कर्णले बताए ।
प्राङ्गारिक मलबाट खेती शुरु गरिएकाले उत्पादन पूर्ण रुपमा अर्गनाकि हुनेभएकोले उत्पादित मेवा स्वास्थ्यको लागि फाइदाजनक हुने अर्का कृषक दिपक गुप्ताले बताए ।
पाइवरनका रेडलेडी जातको मेवाको बीउ भारतको पुनाबाट ल्याएर रोपिएको कृषक अनिल प्रधानले जनाए । खादेर देवी टे«डर्स नामक नाम दिइएको सोे मेवा खेतीसँगै एक बिघा जमीनमा सयपत्री फूल तथा एक कट्ठा जमीनमा ड्रायगन फुडस्को खेतीसमेत गरिएको छ ।
प्रदेश नं २ सरकारले अहिले युवालाई उक्त खेतीतर्फ आकर्षित गर्न विशेष प्याकेज कार्यक्रम ल्याएको छ । केही समय पहिले प्रदेश २का भूमि तथा कृषिमन्त्री शैलेन्द्र साहले मेवा खेतीको अवलोकन गरेर गएको बताइएको छ ।
नेपालमा भारतीय मेवाले ९५ प्रतिशत बजार ओगटेको छ । भारतीय मेवाका कारण नेपाली पूँजी पलायन हुन थालेकाले पनि यो खेती आवश्यक रहेको कृषक कर्णको भनाई रहेको छ ।
प्रतिक्रिया