कञ्चनपुर,असोज २४ गते । दशैंमा व्यापार व्यवसाय धारापमा परेको बेला अनुसन्धानका नाममा व्यापारीलाई पटक–पटक दुःख दिएको भन्दै कञ्चनरुपका व्यापारीहरुले प्रतिरोध गरेका छन् ।
घरेलु तथा साना उद्योग कार्यालय,इलाका प्रशासन कार्यालय कञ्चनपुर,खाद्य प्रविधि कार्यालय,उद्योग बाणिज्य संघका प्रतिनिधि,उपभोक्ता मञ्च र पत्रकारको संयुक्त टोलीलाई कञ्चनरुप नगरपालिका ११ सिमराबाट न्यापारीहरुले लखेटेका हुन् ।
अनुगमन टोली सुरुमा कञ्चनपुर बेरियरमा आएको थियो । त्यहाँका व्यापारीहरु सटर बन्द गरेर सडकमा आएका थिए । पछि टोली बरमझिया गएका थिए । त्यहाँबाट केही पसलमा अनुगमन गरि पेडा बोकेर सिमरामा अनगुमन गर्न आएका थिए ।
सिमरा स्थि सहयोगी किराना स्टोरमा टोली पुग्दा संचालकले सुरुमा पसल बन्द गरेका थिए । पछि पसल खोलेपछि विभिन्न समानहरु म्याद सकिएको भन्दै पसलबाट समान टिप्न लागेपछि बिबाद भएको थियो ।
कञ्चनरुप नगरपालिका व्यापारीहरु समेत सयौंका संख्यामा सिमरामा जम्मा भइसकेपछि अनुगमन टोलीलाई भाग्न धौधौ भएको थियो । व्यापार व्यवसाय चौपट भएर बैंकको ब्याज समेत तिर्न नसक्ने स्थितीमा रहेका व्यापारीहरुलाई अनुगमनका नाममा दुःख दिएको भन्दै आक्रोशित छन् ।
अनुगनम टोलीले बरमझियाको व्यापारीसँग अनुगमनका नाममा घुसमा पेडा लिएको व्यापारीहरुले आरोप लगाएका थिए । व्यापारीहरुले पेडा किनेको हो भने बिल देखाउन अनुगमन टोलीका सदस्यहरुलाई चुनौती दिएका थिए ।
सो आक्रमणमा घरेलु तथा साना उद्योग कार्यालय सप्तरीका चालक विरेन्द्र साहबाट गाडीको साँचो खोसी शरिरको टाउको र पेटमा मुक्काले आक्रमण गरेका छन भने अन्य अनुगमनकर्ता सँग अभद्र व्यवहार गरेका छन् ।
चालक साहलाई सिमराका सहयोगी किराना पसलका संचालक शशी राउतले आक्रमण गरेको स्वयं पिडित चालकले प्रजिअ किरण थापा समक्ष बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय सप्तरीबाट हिडेका अनुगमन टोलीले भारदह कंकालिनी नपाको कंकालिनी मन्दिर परिसरमा रहेको मिठाई पसलहरुमा चेक जाँच गर्दा अत्यधिक मात्रामा अखाद्य रंग प्रयोग गरिएको र अखाद्य आयातित लडु फेला परेकोमा बरामद लडु नष्ट गरी पसलेहरुलाई ५÷५ हजार जरिवाना समेत गरिएको खाद्य निरिक्षक राजिन बुढाथोकीले बताए । अनुगमनकै क्रममा टोली मन्दिर परिषरबाट निस्केपछि भारदह, बरमिझया, कंचनपुर चौक रुपनगर र सिम्राहा चौकमा प्रायः पसलबन्द रहेको र सिम्राहा चौकमा खुलेका सहयोगी किराना पसलका संचालकले टोलीलाई हेर्दा हत्तार हत्तार पसल बन्द गरी लुकेका थिए ।
सोही क्रममा टोलीले पसल किन बन्द गरेर भागेकोमा शंकालागी पसल खोल्न आग्रह गर्दा नआएपछि स्थानियको सहयोगमा पसल संचालकलाई बोलाई पसल खोलाएको र सामान्य चेकजाँच गर्दा म्याद गुज्रेका मसालाका ५ प्याकेट र कविर छाप खैनी ३ प्याकेट तथा म्याद गुज्रेका पेप्सी ४÷५ सिसी बरामद गरी पसल अगाडी स्थानियको रोहवरमा नष्ट गर्न लाग्दा विवाद चर्केको सप्तरी उद्योग बाणिज्य संघका लेखापालले बताए ।
विवाद चर्किनुमा पसल बन्दगरी कंचनपुर र रुपनगरबाट आएका केही केही व्यवशायीहरुले स्थानिय व्यवशायीहरुलाई उक्साएको नागरिक न्यायीक उपभोक्ता मंच सप्तरीका अध्यक्ष रामकुमार यादवले बताए ।
दुई दिन अघि सिरहाको मिर्चयाबाट पनि अनुगमन टोलीलाई ब्यापारीले लखेटेको थियो । अवस्था तनावग्रस्त भएपछि अनुगमन टोलीलाई नियन्त्रणमा लिएर प्रहरीले सुरक्षा दिँदै टोलीलाई मिर्चैयाबाट पठाएको छ । राजस्व अनुसन्धान कार्यालयको टोलीले गरिरहेको अनुसन्धानको विरोध गर्दै स्थानीय बासिन्दाले पूर्वपश्चिम राजमार्गमा सिरहा–मिर्चैया खण्ड मंगलबार दिउँसो करिब एक घण्टा आवागमन अवरुद्ध गरेका छन् ।
असोज ४ मा टोलीले मिर्चैया–५ संस्था चौकस्थित मुरारी साहको पसलमा छापा मार्दै बहीखाता, बिल भौचर सहितका कागजपत्र नियन्त्रणमा लिएको थियो । अनुसन्धानमा साहको पसलको स्टोरमा भ्याट बिलभन्दा बाहेकका सामान पनि फेला परेको थियो । उक्त सामान नियन्त्रणमा लिनका लागि टोली मंगलबार आएको थियो ।
प्रतिक्रिया