प्रहरीद्धारा एक दर्जन भन्दा बढी मठ मन्दिर सरसफाई

  • आश्विन २८, २0८0
  • 0
...


किशोर पासवान
कञ्चनपुर,असोज २८ गते । 
ईलाका प्रहरी कार्यालय कञ्चनपुर मातहतका प्रहरी इकाईले कञ्चनरुप नगरपालिका ९ स्थित विष्णु मन्दिर सहित विभिन्न ठाउँका करिब एक दर्जन मठ मन्दिरको सरसफाई गरेको छ ।
 शनिबार ईप्रका कन्चनपुरका प्रहरी सहायक निरीक्षक मुकेश सिंहको नेतृत्वमा कञ्चनरुप नपा ९ बिष्णु मन्दिर,ईप्रका महुली      प्रहरी बरिष्ठ नायब निरीक्षक अमिरि यादबको नेतृत्वमा कृष्णसावरण गापा ११ शिव मन्दिर,ईप्रका ठेलिया प्रहरी बरिष्ठ नायब निरीक्षक अर्जुन कुमार साहको नेतृत्वमा कञ्चनरुप नपा ११ दुर्गा मन्दिर,ईप्रका भारदह     प्रहरी सहायक निरीक्षक     दिलिप कुमार खड्काको नेतृत्वमा हनुमाननगर कंकालीनाप  १ कंकालीनी मन्दिर,प्रहरी चौकी फत्तेपुरको प्रहरी नायब निरीक्षक रामजि कार्कीको नेतृत्वमा सप्तकोशी नपा १ बजार एरिया, प्रहरी चौकी धरमपुरका     प्रहरी सहायक निरीक्षक     ज्ञान ब राउतको नेतृत्वमा कञ्चनरुप नपा ७ रामजानकी मन्दिर,प्रहरी चौकी डिमनका प्रहरी सहायक निरीक्षक दिपेन्द्र कुमार सिंहको नेतृत्वमा तिरहुत गापा ४ वजरङ्ग मन्दिर,अस्थायी प्रहरी पोष्ट त्रिकोलका     प्रहरी सहायक निरीक्षक     बिक्रम ठाकुरको नेतृत्वमा तिरहुत गापा १ भगवती मन्दिरमा सरसफाई गरिएको छ ।
स्थानीयबासीसँग सहकार्य गरेर मठ मन्दिर सरसफाई गरिएको इलका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी दिपककुमार रायले बताए । उनले भने,‘दशैंको बेला मठ मन्दिरमा बढी भिडभाड हुने र पूजा पाठमा सहयोग पुगोस् भन्ने उद्देश्यले हामीले सरसफाई गरेका हौं ।’ 
कोशी प्रदेशमा सत्तारुढ गठबन्धनको मुख्यमन्त्री कांग्रेसका केदार कार्की ः प्रचण्ड
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले कोशी प्रदेशमा सत्तारुढ गठबन्धनको मुख्यमन्त्री कांग्रेसका केदार कार्की भएको बताएका छन् ।
शनिबार बिहान चितवन पुगेका प्रधानमन्त्री दाहालले गठबन्धनको प्रमुख घटक कांग्रेसको आन्तरिक विवादका कारण कोशी प्रदेशमा समस्या आएपनि त्यसलाई ’सुरक्षित अवतरण’ गरिएको बताए । कोशी प्रदेशको राजनीतिक विवादको विषयले राजनीतिक दलहरूबीच समस्या आएपनि त्यसलाई समाधान गर्न र गठबन्धन बलियो बनाउन तयार रहेको उनको भनाइ थियो । ’केदार कार्की हामी सबैको मुख्यमन्त्री हो । त्यो समस्या जसरी सोचिएको थियो र मिडियामा जसरी चर्चा–परिचर्चा चलेको थियो त्यस्तो छैन,’ उनले भने, ’चिसो र तातो त राजनीतिमा भइरहन्छ । गठबन्धन भित्र विवाद हुँदा झन् बलियो बनाउन सहयोग हुन्छ ।’


 

प्रतिक्रिया