कञ्चनपुर,कार्तिक २ गते ।
जनमत पार्टी कञ्चनरुप नगर समितिले इजराइलमा ज्यान गुमाएका नेपाली विद्यार्थीप्रति दीप प्रज्वलन कार्यक्रम गरी भावपूर्ण श्रद्धाञ्जलीसभाको आयोजना गरेको छ ।
कञ्चनपुर बेरियरमा बिहीबार साँझ जनमतका कञ्चनरुप ८का संयोजक देवेन्द्र प्रसाद गुप्ताको अध्यक्षता तथा पार्टीको केन्द्रिय सदस्य तथा क्षेत्र नम्बर १का इन्चार्ज शिवनन्दन मेहताको प्रमुख आथित्यतामा कार्यक्रम आयोजना गरिएको थियो ।
इजरायलमा भएको युद्धमा परी ज्यान गुमाएका नेपाली विद्यार्थीहरुको सम्झनामा युवा संगठन नेपालको आयोजनामा मंगलबार साँझ धादिङ जिल्ला मालेखु बजारमा इजरायल र हमासबीच भएको युद्धमा परि १०जना नेपाली विद्यार्थीहरुले ईजरायलमा ज्यान गुमाएका थिए । कार्यक्रममा जनमतका नेता जगदीश साह, यूवा नेता मनोज साह,बुद्धिसागर चौधरी,हृद्धय माझी (नगर सचिव) लगायतका कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया