बरमझियाको काली मन्दिर निमार्ण कार्य सम्पन्न गर्न प्रतिबद्ध छु : सांसद साह

  • कार्तिक २, २0८0
  • 0
...


कञ्चनपुर,कार्तिक २ गते । सप्तरी क्षेत्र नम्बर १का प्रतिनिधिसभाका सांसद नवलकिशोर साहले कञ्चनरुप नगरपालिका २ स्थित काली मन्दिर निमार्ण कार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् ।
बिहीबार बरमझियामा दशैंको शुभकामना अदानप्रदान कार्यक्रममा बोल्दै सांसद साहले सो प्रतिबद्धता जनाएका हुन्  । उनले भने,‘ म मधेश प्रदेशको समाजिक विकास मन्त्री हुदाँ थालेको अधुरो काम पुरा गर्छु । यहाँका जनताले दिएको सम्मानका लागि हृदयदेखी धन्यवाद दिन चाहन्छु । ’ 
कञ्चनरुप नगरपालिका वडा नम्बर २मा काली मन्दिर र कब्रिस्तान बनाउने जिम्मा मेरो हो । यो काम सकेपछि विकासका अन्य काम पनि गर्छु ।’  कार्यक्रममा बोल्दै सांसद साहले बरमझियाको विद्यालय अहिलेसम्म मावि हुन नसक्नुमा यहाँका जनता र विद्यालयका प्रअ जिम्मेबार रहेको बताए । उनले भने,‘माविसम्मको विद्यालय संचालनको जिम्मेबारी स्थानीय सरकारको हो । मावि संचालन गर्ने पहल गर्नुस् म विद्यालय भवन बनाउन पहल गर्छु ।’
कार्यक्रममा पत्रकार भोला पासवानले बरमझियामा सडक दुर्घटना धेरै हुने भएकोले तत्काल प्रहरी बिट राख्नु पर्ने बताए । स्थानीय सरकारले शिक्षा क्षेत्रलाई अहिलेसम्म व्यवास्था गरेकोले शैक्षिक अवस्था दयनिय रहेको भन्दै पत्रकार पासवानले असक्षम नेतृत्वमा धेरै कामको आश गर्न नसकिने बताए । 
कार्यक्रममा कञ्चनरुप नपा वडा नम्बर २का वडाअध्यक्ष मेहदी हुसैन र वडा सदस्य कमलकिशोर गुप्ताले दुर्गा मन्दिरसँगै नालाको पनि आवश्कता रहेको बताएका थिए । कार्यक्रममा यूवा नेता मुना,रोहित साह लगायतले वडा नम्बर २का समस्याका बारेमा सांसद साहलाई जानकारी गराएका थिए । दशैं,तिहार,छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रममा स्थानीय व्यापारीहरु,जसपा,काग्रेसका नेता कार्यकर्ताहरु सहभागिता रहेको थियो भने कार्यक्रम संचालन प्रकाश मेहताले गरेका थिए ।
 

प्रतिक्रिया