धरमपुरमा रमेश महतोको घरमा चोरी

  • आश्विन १२, २0७६
  • 0
...

किशोर पासवान
कञ्चनपुर, असोज १२ गते । कञ्चनरुप नगरपालिका वडा–९ धरमपुरका रमेश महतोको घरबाट शुक्रबारमध्यराती चोरी भएको छ ।
    करिब २ बजे रातीको समयमा चोरले ३ लाख १४ हजार ९ सय वरावरको धनमाल चोरी गरेको छ ।
    पिडित महतोले भने,‘ म राती निदाएको समयमा घरको भित्रबाट लगाएको चुकल खोली घरबाट चोरले चोरी ग¥यो ।’ घरबाट एक थान मोवाईल र बाकसामा भएको नगद २ लाख २३ हजार,चाँदीको काडा २० भरीको एक थान,चाँदीको सीकरी ११ भरीको एक थान,चाँदीको दुल्हन पायल १० भरीको दुई थान,चाँदीको बाली १२ भरीको चार थान,सुनको औठी चार अनाको एक थान,चार लाख रुपैयाको तमसुक कागज एक थान,नागरिक्ता प्रमाण पत्र,विवाह दर्ता,जन्म दर्ता,ईन्सुरेन्स कागज रिलाईन्स कम्पनीको,सवारी चालकको प्रमाण पत्र,एभरेष्ट बैँकको चेक र विभिन्न खाले साडी लताकपडाहरु समेत चोरेर लगीएको ईलाका प्रहरी कार्यालय कञ्चनपुुरमा दिएको निवेदनमा उल्लेख छ । इलाका प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया