कानुनले नगर्न भनेको काम हामीले ग¥यौं भने त्यो अपराध हुन्छ : प्रजिअ थापा

  • कार्तिक २, २0८0
  • 0
...

किशोर पासवान

कञ्चनपुर,कार्तिक २ गते । सप्तरी जिल्लाका जिल्ला अधिकारी किरण थापाले अहिले सडक दुर्घटना  र आत्महत्या बढी मात्रामा हुने गरेको बताएको छ ।
बिहिवार सप्तरीको कञ्चनरुप नगरपालिका ८ स्थित अन्नपूर्ण बहुमुखी क्याम्पस कंचनपुरको सभाहलमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय सप्तरीको आयोजनामा स्थानिय तहमा अपराध न्यूनीकरण सम्बन्धि सचेतना मुलक कार्यक्रममा प्रजिअ थापाले सो कुरा बताएका हुन् ।
अधिकारी थापाले अपराध आर्थिक कारणले हुने गरेको बताउँदै  लागू औषध बेचबिखन नगर्न सहभगी विद्यार्थीहरुलाई सचेत गराए ।
‘कानुनले नगर्न भनेको काम हामीले ग¥यौं भने त्यो अपराध हुन्छ ।’ ईलाका प्रहरी कार्यालय कंचनपुरका डिएसपी दिपक कुमार रायले साईवर क्राईमका प्रकार,साईवर अपराधबाट बच्ने उपायहरु,लैङ्िगक हिंसा,हिंसाको अवस्था,यौनजन्य,आर्थिक हिंसा,लैङ्िगक हिंसा नियन्त्रण,नेपाल प्रहरीको भुमिका,लागू औषध के हो ? लागू औषध नियन्त्रण,सवारी दुर्घटना,अपराध नियन्त्रणका लागि गरिएको प्रयास जस्ता कुराहरु विद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए ।
सो सचेतना मुलक कार्यक्रममा कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ताले अहिले नेपालमा अपराधहरु बढदै  गैईरहेको बताएका थिए । अपराध न्यूनीकरण गर्नका लागि युवाहरुको महत्पूर्ण भूमिका रहेको बताए ।  नगर प्रमुख गुप्ताले कञ्चनपुरको होटेलहरुमा  भइरहेको गतिविधिले यहाका  बाताबरण बिग्रदै गइरहेको बताए । 
सोही कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी ढुन्डिराज न्यौपाने,कञ्चनरुप नगरपालिकाकि उप नगर प्रमुख मुना कुमारी पोखरेल,अनुसन्धान निर्देशक सुरेन्द्र कोईराला,कञ्चनरुप नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष कृष्ण प्रसाद साह,वडा न ४ का वडा अध्यक्ष जोगेन्द्र पासवान र क्याम्पसका विद्यार्थीहरु उपस्थित रहेको थियोे ।

प्रतिक्रिया