किशोर पासवान
कञ्चनपुर,कार्तिक ३ गते ।
जनसेवा युवा क्लव कञ्चनरुप नगरपालिका–८को आयोजनामा सुरु भएको विवशमिश्र स्मृतीटि–२० प्रतियोगीताको पहिलो खेलमा बरमझियाको टीम बिजय भएको छ ।
वडा दशंै शुभदिपावलीतथा छठ पर्वको उपलक्ष्यमा आयोजना गरिएको उक्त प्रतियोगिता शुक्रबार कञ्चनरुप नगरपालिकाका नगरउपप्रमुख मुनाकुमारी पोखरेल र पत्रकार भोला पासवानले संयुक्त रुपमा गरेका थिए ।
‘विवशमिश्र स्मृती टि २० प्रतियोगीता’को उद्धघाटन खेल बरमझिया टीम र कोशी ब्यारेज टीमबीच भएको थियो । उद्धघाटन खेलमा बरमझियाले टस जितेर ब्याटिङ्ग रोजेका थिए । बरमझिया टीमले २० ओभरको खेलमा ३५७ रणको लक्ष्य कोशी ब्यारेज टीमलाई दिएको थियो ।
बरमझिया टीमका एकलव्य मुखियाले २७ बलमा एक सय रण लिनुका साथै १ बिकेट लिएका थिए । त्यसैगरी धीरज मण्डलले ४४ बलमा ९२ रण र उमेश चौधरीले १७ बलमा ७९ रन बनाउनुका साथै २ बिकेट लिएका थिए ।
कोशी ब्यारेज टीमकोतर्फबाट सतना राउतले २ बिकेट लिएका थिए । कोशी ब्यारेजले १४ ओभरमा अलआउट हुदैँ ९८ रन मात्र बनाएका थिए । बरमझियाकोतर्फबाट तारानन्द यादबले ४ बिकेट लिएका थिए । म्यान अफ द म्याच बरमझियाका एकलव्य मुखिया भएका थिए । मुखियालाई नगद ५ सय र मेडल जनसेवा क्लवका अध्यक्ष अकुश मगरले प्रदान गरेको थियो ।
उद्धघाटन समारोहमा बिशिष्टअतिथिका रुपमा पत्रकार भोला पासवान,कञ्चनरुपका पूर्व मेयर बसन्तकुमार मिश्र,कञ्चनरुप ९का वडाअध्यक्ष रामसुन्दर यादब,समाजसेवी मनोज मिश्र र वडा नम्बर १२का वडा सदस्य जैनोद्धिन मिया,सोसल रियालिटी समाजसेवी रोशनराज ठाकुर लगायतको उपस्थिति रहेको थियो । प्रतियोगिताको पहिलो पुरस्कार ३० हजार उपप्रमुख मुनाकुमारी पोखरेलले दिने भएको छ । खेलमा १६ ओटा टिम सहभागी हुनेछ ।
प्रतिक्रिया