संघीयता,धर्मनिरपेक्षता र समावेशिता सहितको संविधान ध्वस्त पार्न केही तत्व लागि परेको छ : पूर्व मन्त्री पासवान

  • कार्तिक ११, २0८0
  • 0
...

कञ्चनपुर,कार्तिक ११ गते ।
माओवादी  केन्द्रका नेता महेन्द्र पासवानले संघीयता,धर्मनिरपेक्षता र समावेशिता सहितको संविधान ध्वस्त पार्न केही तत्व लागि परेको बताएका छन् । 
नेपाका माओवादी केन्द्र कञ्चनरुपले शनिबार संविधानसभा सदस्य स्वर्गीय मानपुर चौधरीको तेस्रो स्मृति दिवसमा आयोजित सभालाई सम्बोधन गर्दै पासवानले सो कुरा बताएका हुन् ।
माओवादी केन्द्रका कञ्चनरुप नगर संयोजक सत्यनारायण चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अथिति पूर्व भुमिसुधार मन्त्री महेन्द्र पासवानले भने,‘ हजारौ जनताका बलिखानी पश्चात प्राप्त उपलब्धी समाप्त पार्ने षडयन्त्र भइरहेको छ ।’ कार्यक्रमलाई सम्बोधन गर्दै सप्तरी जिल्ला इन्चार्ज समेत रहेका पासवानले भने,‘ माओवादी नेतृत्वको गठबन्धन सरकारले भष्ट्राचारका ठूलठूला फाइल खोलेपछि जनतामा आशा र भरोसा छाएको छ ।’ 
कार्यक्रममा पत्रकार भोला पासवानले स्वर्गीय मानपुर चौधरी दुःख  र पीडामा परेका कार्यकर्तालाई सहयोग गर्न सधै तत्तपर रहने नेताको रुपमा पहिचान बनाएको बताए । उनले भने,‘ मानपुर चौधरी आफना कार्यकर्ताका लागि जहिले पनि गाउँमा बसेर काम गरे । परेको बेलामा सहयोग गरेकै कारण स्वतन्त्र रुपमा पनि अत्यधिक मत ल्याए ।’
कार्यक्रममा माओवादी नेता छेदी रजक (बिमल)ले पार्टी भित्रको बिवाद मिलाउन जहिले पनि मानपुर चौधरीजीले सकारात्मक पहलकदमी लिएको बताए । उनले भने,‘ पार्टी भित्र रहेको बिवाद मिलाउन वहाँ जहिले पनि खटिरहनु भएको थियो ।’
कार्यक्रममा थारु मुक्ति मोर्चाका सचिव दिलीप चौधरीले थारु,दलित,ुमश्लिमको अधिकाका लागि मानपुर चौधरीको भूमिका महत्वपूर्ण रहेको बताए । उनले भने,‘ प्रचण्डजीलाई  पनि आफनो एजेण्डामा चित्त नबुझेक कुरा अडान लिने नेताका रुपमा मानपुर चौधरीले आफनो स्थान बनाएको थियो ।’
कार्यक्रममा कञ्चनरुपका नगरप्रमुख ललन प्रसाद गुप्ता,पूर्व नगरप्रमुख वसन्त मिश्र,जसपाका नगर अध्यक्ष सुदम्बर यादब,जिल्ला सदस्य रामेश्वर यादब,एमाले नगर संयोजक बच्चुलाल चौधरी लगायतका वक्ताहरुले आफनो मन्तव्य राखेका थिए । 
 

प्रतिक्रिया