कञ्चनपुर,कार्तिक १२ गते ।
दुर्गा पूजा समिति कञ्चनपुर बेरियरले पूजामा चार लाख २० हजार ५ सय १० रुपैया खर्च भएको आय व्यय सार्वजनकि गरेको छ ।
दुर्गा पूजा समिति बेरियरले आईतबार पूजामा भएको खर्च सार्वजनिक गरेको हो । समितिले चन्दा संकलनबाट ४लाख ३१ हजार २ सय ५१ र दानपेटीकाबाट ६० हजार ७ सय ५० गरि ४ लाख ९२ हजार १ रुपैया आम्दनी गरेको जनाएको छ । समितिका अनुसारका खर्चतर्फ टेन्ट खर्च १ लाख ७० हजार,पण्डित खर्च ४३ हजार,मूर्तिकार ५५ हजार,कपडा २६ हजार २५ रुपैया,पूजा समान ६१ हजार २ सय ७५,डिजल ६हजार ६ सय,वाजा ६ हजार,विविध खर्च २२ हजार समेत गरि चार लाख २० हजार ५ सय १० रुपैया खर्च भएको छ ।
पूजा खर्चका लागि उठेको चन्दाबाट बचेको रकम ७१ हजार ४ सय ९१ रुपैया समितिको खातामा रहने समितिले जनाएको छ । पूजा समितिले चन्दादाता,सहयोगी,स्वयमसेवक,पूजारी,स्थानीयवासी लगायत पूजा सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ । समितिले विस्तृत हिसाव हेर्न चाहनेलाई समेत सम्मपूर्ण हिसाव हेराउन सक्ने र त्यसको लागि समितिका महेश शर्मा,सचिन यादब,पुरस्कार साह र संजीव गुप्ता,सुरेश सरदारलाई सम्पर्क गर्न सकिने जनाएको छ ।
प्रतिक्रिया