कञ्चनपुर,कार्तिक १२ गते ।
जनसेवा युवा क्लव कञ्चनरुप नगरपालिका–८को आयोजनामा सुरु भएको विवशमिश्र स्मृतीटि–२० प्रतियोगीताको सेमिफाइनल खेलमा कञ्चनपुर बेरियर र गगांजली टीमबीच प्रतिस्पर्धा भएको थियो ।
आईतबार कञ्चनपुर बेरीयर टीमले टास जीतेर ब्याटीङ्ग रोजेका थिए । २५० रनको लक्ष्य दिएको थियो । जसमा सर्वाधिक २७ वलमा ५३ रन बनाएका दिपु आउट भएका थिए । गंगाजलीको तर्फबाट देवन्नदन र मुकेशले ३–३ विकेट लिएका थिए । १५० रनको लक्ष्य पछयाउने क्रममा गंगाजलीका तर्फ बाट ब्याटीङ्ग गर्दैं २३ वलमा ४३ रन प्रहार गर्दा पनि प्रदिपले आफनो टिमलाई फाइनलमा पुर्याउन सकेन र ८ रनको जीत हासील गर्दै बेरीयर टीम फाइनलमा प्रवेश गरेका थिए ।
त्यसैगरी कमलपुर टीम र बरमझिया टीमबीच भएको दोस्रो सेमिफाईनल टस जितेर कमलपुरले व्याटिङ्ग रोजेका थिए । कमलपुर तर्फ व्याटिङ्ग गर्दै जितेन्द्रले २९ बलमा २५ रन प्रहार गरेका थिए भने बलीङ्ग तर्फ बरमझियाका दिपेशले ३ वीकेट लिएका थिए । १२० रनको झीनो लक्ष्य दिाएको कमलपुर १८ ओभर खेल्दै अलआउट भएका थिए भने बरमझियाका माडानन्द २५ बलमा ५७ रन प्रहार गर्दै आफनो टिमलाई ११ ओभरमा जित हासिल गराउदै म्यान अफ द म्याच पनी घोषित भएका थिए । फाईनल खेल बुधवार कार्तिक १५ गते बरमझिया र बेरियरबीच बिहान ९ बजे देखि हुने संचालक समितिले जानकारी दिएको छ ।
खेलको पहिलो बिजेतालाई कञ्चनरुप नगरपालिकाकी उपप्रमुख मुनाकुमारी पोखरेलले नगद ३० हजार र दोस्रो हुनेलाई कञ्चनरुप नगरपालिकाका नगर प्रमुख पदका प्रत्यासी उम्मेदबार भोला पासवानले २० हजार नगद पुरस्कार,शिल्ड र प्रमाण उपलब्ध गराउनेछ ।
प्रतिक्रिया