कञ्चनपुर,कार्तिक १५ गते ।
जनसेवा युवा क्लव कञ्चनरुप नगरपालिका–८को आयोजनामा सुरु भएको विवश मिश्र स्मृती टि–२० प्रतियोगीताको उपाधी कञ्चनपुर बेरियरले जितेको छ ।
कञ्चनरुप ९ स्थित खेल मैदानमा आयोजित प्रतियोगिताको फाइनल खेल कञ्चनपुर बेरियर र बरमझिया टिमबीच भएको थियो । बेरियरले टस जितेर बरमझियाको बिरुद्ध ब्याटीङ्ग रोजेको थियो ।
ब्याटीङ्ग रोजेका बेरियरले १९ औं ओभरमा अल आउट हुदैँ १९३ रनको लक्ष्य दिएको थियो । बेरियर टिमका लागि ८ छक्का प्रहार गरेका शेहंसा शेखले ७० रन जोडेका थिए भने अकाए ब्याटस म्यान राहुल गुप्ताले ४४ रन बनाएका थिए ।
बरमझिया टिमका निरज पटेलले ३ बिकेट लिएका थिए । जवाफमा ब्याटीङ्ग गरेको बरमझिया टिमले १७ ओभरमा सबै बिकेट गुमाउँदै १११ रन मात्र जोड्न सफल भएका थिए । बरमझियाका लागि एकलव्य मुखियाले २३ रन,कप्तान उमेश चौधरीले २२ रन प्रहार गरेका थिए ।
खेलमा बरमझिया टिमका महानन्द यादब वेष्ट ब्याटस म्यान घोषित भएका थिए भने गंगाजलीका देवनन्दन मण्डलले वेष्ट बलर घोषित भएका थिए । साथै बरमझियाका तारानन्द यादब उत्कृष्ट खेलाडी घोषित भएका थिए ।
खेलको पहिलो बिजेतालाई कञ्चनरुप नगरपालिकाकी उपप्रमुख मुनाकुमारी पोखरेलले नगद ३० हजार र दोस्रो हुनेलाई कञ्चनरुप नगरपालिकाका नगर प्रमुख पदका प्रत्यासी उम्मेदबार भोला पासवानले २० हजार नगद पुरस्कार,शिल्ड र प्रमाण उपलब्ध गराएका थिए । समापन कार्यक्रममा कञ्चनरुप नपाका पूर्व मेयर वसन्त मिश्र,वडा नम्बर ९का वडाअध्यक्ष रामसुन्दर यादब र काग्रेस कञ्चनरुपका यूवा नेता विटु रौनियार लगायतको उपस्थिति रहेको थियो ।
क्लवका अध्यक्ष अंकुश मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रम किरण खडकाले गरेका थिए । खेलमा सहयोग गर्ने उपप्रमुख पोखरेल र पत्रकार पासवानलाई क्लबका अध्यक्षले सम्मान गरेका थिए । खेल कार्तिक ३ गतेबाट सुरु भएको थियो भने १६ ओटा टिम भाग लिएका थिए ।
प्रतियोगिता संचालनका लागि आयोजक क्वलबका तर्फबाट मन्जेश मिश्र,प्रख्यात मिश्र,कौशल खडका,जितेन्द्र सरदार लगायतले यूवाहरुले महत्वपूर्ण भूमिका खेलका थिए ।
प्रतिक्रिया