कञ्चनरुपमा जसपाको तीन महिने संगठन विस्तार अभियान सुरु : अभियानलाई वडादेखि टोलतहसम्म पु¥याउन आग्रह

  • कार्तिक २0, २0८0
  • 0
...


कञ्चनपुर,कार्तिक २० गते ।
सप्तरीको कञ्चनरुप नगरपालिका  जनता समाजवादी पार्टीको तीन महिने संगठन विस्तार अभियान सुरु भएको छ । 
अभियानको सोमबार आयोजित एक समारोहका विच सुरुवात गरिएको छ । जसपा कञ्चनरुप नगरपालिका द्वारा आयोजित संगठन विस्तार अभियान तथा दिपावली,छठ पर्वको शुभकामाना अदान प्रदान कार्यक्रममा सहभागी  वक्ताहरुले अभियानलाई वडादेखि टोलतहसम्म पु¥याउन आग्रह गरे । 
पार्टीको तीन महिने अभियान चुनाव लक्षित मात्रै  नभएको जिकिर गर्दै वक्ताहरुले मधेश विद्रोह, थारु आन्दोलन,आदिवासीसहितको पहिचान जनित आन्दोलनबाट प्राप्त उपलब्धि संरक्षण गर्न शक्ति आर्जन गर्ने अभियान भएको स्पष्ट पारे ।
जसपाका केन्द्रिय सदस्य रमिला साहले जनता समाजवादी पार्टी मुलुकमा विभेद र अन्याय परेको बर्गसमुदायको हक अधिकार सुनिश्चितताका लागि स्थापना गरिएको  पार्टी भएको चर्चा गर्दै उनले जनता समजवादी पार्टीले मात्र देशमा भएको  सबैखाले उत्पिडनको अन्त्य तथा समस्याको निकास दिन सक्ने जिकिर गरे ।
पिछडा वर्ग महासंघका केन्द्रिय अध्यक्ष भरत प्रसाद महतोले पालिकाहरु पिछडा वर्ग मुद्दालाई ओझेलमा पारेकोले त्यसको विरुद्धमा आन्दोलन गर्नुपर्ने बताए ।
जसपा जिल्ला कार्यकारणी समिति सदस्य रामेश्वर यादबले वडाको संगठन बलियो भए मात्रै पार्टी बलियो हुने बताए ।
ओविसीका प्रवक्ता मनाई महताले विभिन्न संघर्षबाट प्राप्त उपलब्धि रक्षाका लागि मधेशी, थारु, आदिवासी जनजाति, दलितसहित राज्यको मुलप्रवाहबाट बन्चित जातिसमुदाय एकजुट हुनुपर्नेमा जोड दिए ।
संघीयता कै कारण सिंहदरबार र सदरमुकामको अधिकार घरको ढोकामा आएको बताउदै जसपाका जिल्ला सहसचिव बृजमान तमाङ्गले देशको विकास र जनता अधिकार सम्पन्न होस भन्ने चाहना नभएकाहरुको कारण संघीयताको अनुभुती अहिलेसम्म जनताले गर्न नपाएको उल्लेख गरे ।
उनले आन्दोलनबाट प्राप्त अधिकार खोस्ने शक्तिहरु सक्रिय भएकोले उनीहरुको विरुद्ध लड्न तयार रहन आग्रह गरे ।
कार्यक्रममा कञ्चनरुप ९ का वडाअध्यक्ष रामसुन्दर यादब,समाजवादी महिला संघकी क्षेत्रिय अध्यक्ष सहनाज, नगर कमिटि सदस्य अवद्येश मुखिया लगायतले शुभकामना मन्तव्य राखेका थिए । 
जनता समाजवादी पार्टी कञ्चनरुपका अध्यक्ष सुदम्बर यादबको अध्यक्षता र मधेश प्रदेश सदस्य भोला पासवानको प्रमुख आथित्यतामा आयोजित कार्यक्रममा नगर सदस्य शोभा पासवानले स्वागत गरेका थिए भने कार्यक्रम संचालन नगर सचिव चितरंजन यादबले गरेका थिए ।
 

प्रतिक्रिया