कञ्चनपुर, असोज १२ गते । कञ्चनपुरमा भारतीय बजारबाट अवैध रुपमा कपडा ल्याएर बिक्रीबितरण गर्नेहरुको संख्यामा बढोतरी भएको छ ।
भारतीय बजार भिमनगर र विरपुरबाट अवैध रुपमा साडी,कुर्तीको कपडा र विभिन्न प्रकार तयारी कपडा ल्याएर महगोमा बिक्रीबितरण गर्ने व्यापारीहरुको संख्या बढोतरी भएपनि स्थानीय प्रशासन यसबारे बेखर छन् ।
केही समय अघि मात्रै ठूलो परिणाममा कपडा बरामद भएको थियो । कञ्चनपुर बजारका एक व्यापारीले उक्त कपडा ल्याउँदै गर्दा चेकजाँचका क्रममा प्रहरीले कपडा बरामद गरेको थियो ।
स्रोतका अनुसार कतिपय व्यापारीहरुले भण्टाबारीमा भारतबाट ल्याएको कपडा स्टोर गरेर राख्ने गरेको र त्यहाँबाट विभिन्न सहरमा पठाउने गरेको बताइएको छ । कञ्चनपुर बेरियरमा समेत दिनहुँ जस्तो अवैध रुपमा अवैध कपडा आउने गरेको छ । स्रोतका अनुसार पछिल्लो पटक एकै पटक धेरै कपडा ल्याउनुका सट्टा तस्करहरुले मोटरसाइकलमा १५–२० पीस कपडा ल्याउने गरेको छ । मोटरसाइकलको डिकीमा प्राय ः चेक जाँच नगर्ने र दिनमा पाँच पटक ल्याउन झण्डै सय पिस कपडा आउने गरेको बताइएको छ ।
प्रहरीको माथिल्लो निकायसम्म पहुँच रहेका त्यस्ता व्यापारीबारे स्थानीय प्रहरी बेखर रहेका छन् । स्रोत भन्छन्‘ स्थानीय प्रहरी बेखर छन् कि अरु नै केही कारण छन् ?’
प्रतिक्रिया