सहकर्मीलाई लागुऔषध कारोबारमा फसाउने स्वास्थ्य शाखाका सह संयोजक साह पक्राउ

  • कार्तिक २0, २0८0
  • 0
...


राजविराज,कार्तिक २० गते ।
सप्तरीको बोदेबर्साईन नगरपालिका स्वास्थ्य शाखाका सहसंयोजक बैजनाथ साहलाई प्रहरीले आफनै सहकर्मीलाई लागुऔषध कारोबारमा फसाउन खोजेको भन्दै सोमबार पक्राउ गरेको छ ।
उक्त नगरपालिकाका स्वास्थ्य संयोजक राजनारायण ठाकुरको मोटरसाइकलमा सहसंयोजक साहले लागुऔषध राखेर फसाउने षड्यन्त्र गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी सप्तरीका प्रवक्ता डीएसपी ढुण्डिराज न्यौपानेले बताए ।
वोदेवर्साइन ५ का सहसंयोजक साहले ठाकुरको लु५५प ५४३९ नम्बरको मोटरसाइकलमा नाइट्रोभेट २७ ट्याब्लेट र स्पासमो १५ ट्याब्लेट लागुऔषध राखेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको न्यौपानेले बताए । सोही आरोपमा बोदेबर्साईन नगरपालिका ५ जाँजरका मोहम्द नजामुद्विन इराकीलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको डीएसपी न्यौपानेले बताएका हुन् ।

प्रतिक्रिया