चुरे संरक्षणका लागि चौबटिया संवाद सुरु,चुरे रहेन भने जीवन अस्तित्व रहँदैन : अध्यक्ष कर्ण

  • कार्तिक २१, २0८0
  • 0
...


किशोर पासवान
कञ्चनपुर, कार्तिक २१ गते ।
चुरे नदी प्रणाली संरक्षण सरोकार पत्रकार समाजका अध्यक्ष अनिल कर्णले चुरे रहेन भने जीवन अस्तित्व नरहने बताएका छन् ।
चुरे संरक्षणका लागि ६ दिने लोकमार्ग यात्रा तथा चौबटिया संवाद अन्तर्गत कञ्चनपुर हटियामा मंगलबार आयोजित कार्यक्रम कर्णले सो कुरा बताएका हुन् ।
चुरे बचाआंै माटो पानी जोगाऔं भन्ने मूल नाराका साथ चुरे उत्थानशिल परियोजना कार्यान्वयन एकाई बर्दिवास,महोतरीको सहकार्यमा चुरे संरक्षणका लागि लोकमार्ग यात्रा तथा चौवटीया संवाद अभियान संचालन गरिएको च्ुरे नदी प्रणली संरक्षण सरोकार पत्रकार समाज जनकपुरधामका अध्यक्ष अनिल कर्णल बताए ।
अध्यक्ष कर्णले चुरे सम्बन्धि संघीय सरकारले ल्याएको विद्येयक प्रतिगामी रहेको बताए । उनले भने,‘ सघीय सरकारले ल्याएको विद्येयक चुरे संरक्षणभन्दा पनि चुरे दोहनका लागि ल्याएको हो,त्यसका विरुद्धमा जनस्तरबाट प्रतिरोध गर्नु आवश्यक छ ।’  
चुरेको संरक्षण गर्दै यसको दोहन रोक्नका लागि चेतनामूलक कार्यक्रमका रुपमा चुरे नदी प्रणाली संरक्षण, सरोकार पत्रकार समाज जनकपुरले यस्तो कार्यक्रमको आयोजना गरेको हो । 
कात्तिक २० गतेबाट २५ गतेसम्मका लागि सप्तरीको कोसी  ब्यारेजबाट महोत्तरीको वर्दिबासमा गएर यात्रा टुङ्गिने अध्यक्ष कर्णले बताए । अभियानमा १७जना सञ्चारकर्मी, सामाजिक अभियन्ता सहभागीता रहेको छ । चुरे संरक्षणको सन्देशसहित सप्तरीको कोसी ब्यारेज स्थित कंकालिनी मन्दिर परिषरबाट लोकमार्ग यात्रा र चौबटिया संवाद सुरु भएको हो ।
कंकालिनी मन्दिर परिसरमा अभियान सुभाराम्भ कार्यक्रम प्रतिनिधिसभाका सांसद नवलकिशोर साहले चुरे बचाउनका लागि सांसदमा अवाज उठाउने र चुरे सम्बन्धि विद्येयकमा जनताका पक्षमा सशक्त र प्रभावकारी रुपले कुरा राख्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
 डिभिजन वन कार्यालय सप्तरीका प्रमुख हेमन्त साहले समेत चुरेवारे जनचेतना मूलक अभियान संचालनले सर्वसाधरणमा चुरेप्रतिको सोचमा बदलाव ल्याउने विचार राखेका थिए ।  प्रमुख साहले अभियानीहरुलाई सप्तरी जिल्लाभरकिो कार्यक्रम व्यवस्थापनमा समेत सहयोग गरेका थिए ।
कञ्चनरुप नगरपालिका ८ हटिया स्थित संवाद कार्यक्रमलाई सम्बोधन गर्दै पत्रकार भोला पासवानले चुरेको सवाल प्रत्येक जनतासँग गासिएको बताए । उनले भने,‘ चुरे संरक्षणको सवाल मधेशका सवै जनतासँग प्रत्यक्ष रुपमा जोडिएको छ,चुरे विनासले कलान्तरमा मानव विनासलाई नित्याउँछ ।’
संघीय सरकारले ल्याएको चुरे सम्बन्धी विद्येय संरक्षणभन्दा पनि चुरे दोहनतर्फ केन्द्रित रहेकोेले त्यसका लागि जनदवाव आवश्यक रहेकोले यात्रा संवादले उक्त आन्दोलनको पृष्ठभूमि तयार गर्ने पत्रकार पासवानको भनाई रहेको थियो ।
सप्तरीको रुपनीमा आयोजित चौबटियामा बोल्दै समाजका अध्यक्ष अनिल कुमार कर्णले चुरे जोगाउन जनमत निर्माणका लागि यस्तो चेतनामूलक कार्यक्रम आयोजना गरिएको बताए । उनले चुरेको संबेदनसिल संरचनालाई दोहन गरेर तराई– मधेसमा मरुभूमिकारणको जोखिम बढेको भन्दै यसप्रति जनस्तरबाट समेत खबरदारी आबश्यक रहेको जिकिर गरे । चुरेमा भइरहेको दोहनका कारण त्याहाँका जंगली जनावर दक्षिणतर्फको बस्तीमा पसेर बालिनाली सखाप पार्ने गरेको बताउदै उनले जैविक विविधता जोगाउन पनि चुरेको संरक्षण आबश्यक रहेको जानकारी दिए । 
नेपाल पत्रकार महासंघ सप्तरीका पुर्व अध्यक्ष व्यासशंकर उपाध्यायले भावी पुस्तालाई सुन्दर पर्यावरण हस्तान्तरणका लागि पनि चुरे जोगाउन आबश्यक रहेको बताए ।
 चुरे तथा बनजंगल संरक्षण राष्ट्रिय अभियानका संयोजक सुनिल यादवले चुरेको समस्या प्रति कुनैपनि राजनितिक दलले चासो नदिएको बताउदै यसलाई चुनावी मुद्दा मात्र बनाउने गरेको गुनासो गरे । उनले राजनीतिक दलप्रति आक्रोश व्यक्त गर्दै चुरे संरक्षणका लागि जनदबाब सिर्जना गर्नुपर्नेमा जोड दिए ।
डिभिजन बन कार्यालय रुपनीका बन अधिकृत शशिन्द्र यादवले चुरे विनाशले जसलाई सभन्दा बढी समस्यामा पार्छ उसलाई मात्रै यसको महत्त्व थाहा हुने भन्दै चुरे संरक्षणमा सबैले ध्यान दिनुपर्ने आबश्यकता औंल्याए । 

सप्तरीको कंकालिनी मन्दिरबाट सुरु भएको चौबटिया सम्वाद अभियान महोत्तरीको बर्दिवासमा पुगेर सम्पन्न हुने अभियानमा सहभागी पत्रकार अभरेन्द्र यादवले बताए । अभियानमा पत्रकार अनिल कुमार कर्ण, अभरेन्द्र यादव, देवसिंह दनुवार, श्याम ठाकुर, प्रेमशिला यादवलगायतका पत्रकारहरु, सरसफाइ अभियनता पुजा साह, चुरे तथा बनजंगल संरक्षण अभियान्ताहरुको सहभागीता रहेको उनले जानकारी दिए ।
 

 
े चुरे क्षेत्रमा अव्यवस्थीत बसोवास भएकाले भौतिक पूर्वाधाहरु विकास भएको तर भौतिक पूर्वाधारहरुले मात्र पुग्ने अवस्था पनी थिएन र चुरे क्षेत्रमा वस्तीहरुका लागि जिविको पार्जनका रुपमा त्यहा खेती पशुपालन आदि इत्यादीहरु गरीयो र खेती पाती आरम्भ भएपछि फडानि भएको बताए ।
आकाशबाट पर्ने पानी ढुङ्गा गिटी बालुवाको बिचमा रहने हो पूर्व देखि पश्चिम सम्म हेरुम जेजति खोलाहरु छन ति खोलाहरुमा पानी छैन तर बर्खा आमा हेर्न् मुसल धारे पानी पर्दा ह्वात पानी आउने गरेको वताए ।
उक्त चौवटीया संवाद अभियान भोला पासवानले मानव जिवनमा चुरेलाई बचाउन सक्दैनौ भनी मानव जिवनमा संकट आउने र यस ठाउका संचारकर्मीहरुले एक्यू वद्घ भएर लाग्नु पर्नेमा जोड दिएका थिए ।
सो अभियानमा वन प्राविधिकरणका सशिन्द्र यादव,अभ्रेन्द्र कुमार यादव,देवसिंह समेत उपस्थित हरेका थिए ।  

सशस्त्र प्रहरीले हातहतियारसहित सप्तरीका तीन जनालाई पक्राउ गरे 
कञ्चनपुर,कार्तिक २१ गते । सशस्त्र प्रहरीले मंगलबार सिरहाको लहान नगरपालिका–१, सिङराहीबाट हातहतियारसहित तीन जनालाई पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सशस्त्र प्रहरी बलले पक्राउ पर्नेमा सप्तरीको सुरुंगा नगरपालिका– ८ का ३२ वर्षीय अनिल राम, सुरुंगा नगरपालिका– ५ का ३० वर्षीय जिवानन्द चौधरी र सप्तरीको खड्क नगरपालिका– ४ का ३५ वर्षीय सञ्जयप्रसाद चौधरी रहेका छन् । सूचनाको आधारमा सशस्त्र प्रहरी बल क्याम्पबाट खटिएको विशेष टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
स ९ प ४९७१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई सशस्त्र प्रहरीले चाँज गरेपछि आधुनिक हतियार ५ एमएम ब्राउण्डिङ १ थान पेस्तोल, सोमा प्रयोग हुने म्याग्जिन १ थान र गोली २ राउण्ड बरामद भएको थियो ।
त्यस्तै, नगद लाख २४ हजार दुइ सय ५३ रुपैयाँ, ४ सेट मोबाईल र विभिन्न कम्पनिका ४ लाख ६४ हजार ५ सय मुल्य बराबरको रिचार्ज कार्ड प्रहरीले बरामद गरेको छ । उनीहरुमाथि थप अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाउने तयारी रहेको जनाएको छ । 

प्रतिक्रिया