राजविराज,कार्तिक २२ गते ।
जनता समाजवादी पार्टी नेपालकी कार्यकारण्ी सदस्य तथा पुर्वमन्त्री रेणु यादवले पार्टीमा तानाशाही प्रवृतिका कारण नेता कार्यकर्ता विचल्लीमा परेको आरोप लगाएकी छिन् ।
राजविराज स्थित जिल्ला समन्वय समितिको हलमा बुधबार आयोजित जसपा नेपालको कार्यकर्ता भेलाका प्रमुख अथितीको आसनबाट बोल्दै रेणुले भनिन,‘ देश चलाउन सविंधानबाट कुनै निर्णय हुने हुदा पार्टी पनि विधान अनुसार नै चल्नु पर्नै भए पनि केही सिमित व्याक्तिको हैकम्पबाजीका कारण कार्यकर्ता विचल्लित भएको छ । ’
जसपा नेपालमा जिल्ला देखि प्रदेश सम्म संगठनमा केही सिमित व्यक्तिको चापलुसीले संगठन धारासाहीमा जान लागेको नेतृ यादवले आरोप लगाईन् । पार्टीलाई संगठित राख्न नै आज जिल्ला समिती विरुध सक्रिय कार्यकर्ताको नेतृत्वमा जिम्मा लगाउन वाध्य भएको नेतृ यादवले बताईन् ।
कार्यकर्ता भेलाका विशिष्ट अथिती तथा मधेश प्रदेशका पुर्व अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले केदार यादवको नेतृत्वको जिल्ला कार्यसमिति निष्क्रिय रहेको तथा पार्टीको हितको लागि काम नगरिरहेको भन्दै जसपाको एक पक्षले नयाँ जिल्ला कार्यसमिति गठन गरेको बताए ।
जिल्ला उपाध्यक्ष उमेश यादबको नेतृत्वमा ५७ सदस्य समान्तर समिति गठन ः
जनता समाजवादी पार्टी नेपालको एक कार्यकता भेलाले जिल्ला उपाध्यक्ष उमेश यादवको अध्यक्षतामा ५७ सदस्यीय जिल्ला कार्यसमितिले गठन गरेका छन् ।
जसपा मधेश प्रदेश समिती सदस्य सुरेन्द् प्रसाद यादवले घोषण गरेको कार्यसमिति सदस्यहरुमा निलेश कुमार झा, शशि देवी यादव , जिवछ मंडल चन्द्र नारायण यादव, पुनम राय, संतोष मंडल ,निलम कुमारी साह, बिजली यादव, धनराज मंडल, मो.हजरत मियाँ, गठरू चौधरी, पवित्रा कुमारी चौधरी, घुरन कुमार यादव,सुर्य कुमार यादव, शक्ति यादव, केशोरी कुमारी साह, खुशवु यादव, भोला साह, निरज मुक्ति, सुचिता यादव,विजय यादव,रीता देवी मंडल, राम सागर यादव,ब्रहमदेव साह,सोनावती खंग, अभिनव यादव, ममता कुमारी यादव रहेका छन् ।
यस्तै समितीको सदस्यहरुमा उमेश यादव, शिव नारायण यादव, संजय कुमार मिश्र, जय प्रकाश यादव, रामवती देवी खंग, विमला देवी,जितेन्द्र कुमार साह, रामचन्द्र यादव, दिलिप चौधरी, उपेन्द्र मंडल, यादव, राम काढत चैधरी, भाग्य नारायण यादव, चित्र बहादुर मगर, कलिम अलि, दयानन्द गोइत, मुखा लाल यादव, वविता मंडल, विरेन्द्र चौधरी,कल्पना चौधरी, रामेश्वर चौधरी, रामेश्वर यादव, विन्देश्वर राउत, सिता साह, कपलेश्वर साह, महेश दास, गुलाब यादव, गुलजारी देवी यादव , प्रकाश शाही रहेका छन् ।
कार्यक्रममा जसपा नेता शम्भु झा, सुर्य नारायण यादव, बालकिशोर यादव, भिमराज यादव, दिपक यादव, विनोद चौधरी, दयानन्द गोइत, तारकेश्वर यादव, सत्य नारायण यादव, निरज मुक्ती, सुरेन्द्र यादव, वेचु साह, युवा नेता तारकेश्वर यादव जसपा निकट विद्यार्थी संघका शिवम यादव, अनिल यादव लगायतका वक्ताहरुले मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन उपसचिव निलेश कुमार झाले गरेका थिए ।
प्रतिक्रिया