कञ्चनपुर,कार्तिक २२ गते ।
जिल्ला प्रहरी कार्यालयका सप्तरीका प्रमुख एसपी गजुसिदी बज्राचार्यले लागुऔषध र रक्सीका कारण ५० प्रतिशत अपराध बढेको बताएका छन ।
सप्तरीको कञ्चनरुप नगरपालिका ८ कञ्चनपुर बेरियर स्थित अन्नपूर्ण बहुमुखी क्याम्पसको प्राङ्गणमा बुधबार नागरिक सुनुवाई कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा एसपी बजौचार्यले सो कुरा बताएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीको आयोजनामा उक्त नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै एसपी बज्रार्चायले सोसल मिडियाबाट अरुलाई के के असर पर्ने गरेको विषयमा अनुसन्धान गनुपर्ने भन्दै टिकटक र सोसल मिडियाहरु अहिले विश्व ब्यापी मुद्दा रहेको र कतिपय देशहरुमा टिकटक लगायतका सोसल मिडियाहरु प्रतिबन्ध रहेको बताए ।
सप्तरीका प्रमुख जिल्ला अधिकारि किरण थापाले लागुऔषध विषयमा प्रहरीले जनचेतना मुलक कार्यक्रमहरु गरिनै रहेको बताउदै कतिपय घटनाहरुको अनुसन्धानमा केही समय लाग्ने बताए ।
उक्त नागरिक सुनुवाइ कार्यक्रममा कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ता, नगर उप प्रमुख मुना कुमारी पोखरेल, ईलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी दिपक कुमार राय, ,अन्नपूर्ण बहुमुखी क्याम्पसका प्रमुख सुदम्वर यादव,सञ्चारकर्मी बृजमान तमाङ्ग,सबिता न्यौपाने,जैनुदिन मिया र जसपा नेता रामेश्वर यादव लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
प्रतिक्रिया