शिव प्रसाद आचार्य
फत्तेपुर, असोज १२ गते । सप्तकोसी नगरपालिका वडा न ८ को माबि ओद्राहामा गत साता जितिया पर्व को अबसरमा सम्पन्न सास्कृतीक कार्यक्रमका बिजयी हरुलाइ शनिवार एक कार्यक्रम बिच पुरुस्कार बितरण गरिएको छ।
कार्यक्रममा प्रमुख अतिथी प्रदेश सांसद सत्यनारायण मन्डलले पुरुस्कार बितरण गरेका हुन। उक्त जितिया महोत्सवमा आयोजित सास्कृतिक कार्यक्रममा नृत्य तर्फ सप्तकोशी नपा ८ जेवारटोलका सुनिता चौधरी ,अस्मिता चौधरी र लक्ष्मी चौधरीको समूह प्रथम भए भने राजेस,निरज,सबिता र रम्भाको समूह दोस्रो तथा सप्तकोशी नपा ८ कै नेहा, सुस्मिता र महिमा चौधरी को समूहले तेस्रो स्थान हासिल गरे।
त्यस्तै सप्तकोशी नपा २ प्रसाहा का सीता, अस्मिता, अस्मिता र नवीन चौधरी को समूह चौथो,वाणी स्कुल का बिनिता,सुनिता चौधरी र भुमिका खङ को समूह पाचौ, वडा ८ कि सिल्पा चौधरी छैठौं र ओद्राहा कम्पनी टोलका सनम, सुस्मिता ,बिनिता,लक्ष्मी ,प्रतिमा र नानू चौधरीको समुहले सातौ स्थान हासिल गरेको आयोजक समितीका उमकान्त चौधरीले बताए।
त्यसै गरि गित तर्फ वडा ४ का प्रमिला देबि चौधरी प्रथम,बनिगमा कि कन्नी देबि ,हन्सा देबि र ललिता देबि चौधरीले दोस्रो स्थान, वडा २ प्रसाहाका कपुर,ललिता,सुमित्रा र इन्दिरा चौधरीले तेस्रो स्थान हात पारे भने बलारदह कि सुखरी देबि चौथो स्थान र भगनी कि दुलारी देबि चौधरी ले पाचौ स्थान हात पारिन।
त्यसैगरी उक्त कार्यक्रममा गित र नृत्य तर्फ वडा २ प्रसाहाका सुखनन्दन र राम कुमारी चौधरी को जोडि प्रथम भयो भने नेपाल थारु सास्कृतिक समूहका कृष्ण देब चौधरी र दुखन सरदार को जोडिले दोस्रो र बोचहीका फुल्की,फगुनी,ललिता,रिता,कोशी,सेन्मा र सुसिला चौधरीको समूहले तेस्रो स्थान ल्याए र अन्तमा बोचही स्कुल टोलका रम्भा ,शान्ती ,कपुर ,रम्भा , सकुन्तला चौधरीले सान्त्वना स्वरुप चौथो स्थान हासिल गरेका थिए ।
नृत्य कार्यक्रममा उमाकान्त चौधरी ,दुर्गानन्द चौधरी ,सुरेन्द्र राउत,कामल नारायण चौधरी र केदार प्रसाद साहले निर्णायकको भुमिका निर्भाह गरेका थिए। उमाकान्त चौधरीले सन्चालन गरेको पुरुस्कार बितरण कार्यक्रम जितिया महोत्सबका सन्योजक रबिन्द्र चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो।
प्रतिक्रिया