कञ्चनरुपमा हटाइएका चार जनालाई चोरबाटोबाट तलब खुवाउन नगरप्रमुख ललनको दबाब : तलब नखुवाउने प्रमुख प्रशसाकीय अधिकृतको अडान

  • मंसिर ५, २0८0
  • 0
...


कञ्चनपुर,मंसिर ५ गते । कञ्चनरुप नगरपालिका नगर प्रमुख ललन प्रसाद गुप्ताले चोरबाटोबाट आफनो भाई सहित चार जना कर्मचारीलाई तबल खुवाउन दबाब दिएको छ ।
मंगलबारको कार्यापालिका बैठकको ऐजेण्डामा हाटको ठेक्का  र विविध विषय छलफल गर्न कार्यापालिका बैठक बोलाइएको थियो । बैठकको सुरु हुन साथ नगर प्रमुख ललन प्रसाद गुप्ताले हाटको ठेक्कासँगै एक दर्जन प्रस्ताव सुनाउन थालेपछि जसपा र एमालेका कार्यपालिका सदस्यहरुले ऐजेण्डामा हाट सम्बन्धी प्रस्ताव मात्रै राखेकोले त्यसबाहेक अरु कुनै प्रस्ताव छलफल नहुने अडान लिएका थिए ।
बैठकमा कञ्चनरुप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेले चार जना कर्मचारीलाई तोकआदेशको भरमा राखेको र राख्ने व्यक्तिले नै हटाएर गएकाले उनीहरुलाई तलब खुवाउन नसक्ने अडान लिएका थिए ।
बैठकमा प्रमुख प्रशसाकीय अधिकृत घिमिरेले कार्यपालिकाले निर्णय नगरेसम्म तलब खुवाउन नसक्ने  अडान लिएका थिए । नेकपा एमाले र जसपाका कार्यापालिका सदस्यहरुले चार जनालाई राख्दा कार्यापालिकालाई कुनै जानककारी नभएकोले उनीहरुलाई तलब खुवाउने निर्णय नगर्ने अडान लिएका छन् ।
कार्यपालिका बैठकको ऐजण्डा पहिला नै तय हुनु पर्ने,एउटा बैठकमा बढीमा ३ ओटासम्म ऐजेण्डा राख्ने गरि बैठक राख्न भनेपछि मंगलबारको बैठक हाटको विषयमा छलफल गरेर सकिएको थियो  । 
नगरपालिकामा अनावश्यक रुपमा ज्यालादारीमा कर्मचारी राखेको भन्दै पटक पटक कुरा उठेपछि नगरप्रमुख ललन प्रसाद गुप्ताको भाई सहित चार जना कर्मचारीलाई यसअघिकी प्रमुख प्रशसाकीय अधिकृत रेणुका साहले गत असार १ गतेदेखी हटाइएको थियो । 
आइटी हेर्नका लागि ज्यालादारीमा राखिएका सहायक चौथौं पदका आदित्य राम,अमिन अजय मण्डल,सव इन्जिनियर विवेक साह र कार्यालय सहयोगीमा कार्यरत नगरप्रमुख ललन प्रसाद गुप्ताका भाई दिनेश प्रसाद गुप्तालाई तत्तकालिन प्रमुख प्रशसाकीय अधिकृत साहले गत जेष्ठ २३ गते हटाएकी थिइन् ।
कार्यपालिका बैठकमै उपप्रमुख मुनाकुमारी पोखरेल र कार्यापालिका सदस्य शोभा पासवान,तनकलाल शर्मा लगायतले पार्टी र आफन्तलाई ज्यालादारीमा राखेकोमा बिरोध जनाउँदै आएका थिए । उनीहरुलाई हटाइएपनि नगरप्रमुख ललन प्रसाद गुप्ताले हाजरी रजिष्टर आफनो कार्यकक्षमा राखेर हाजिरी गराउँदै आएका छन् ।
यसअघिकी प्रमुख प्रशासकीय अधिकृत रेणुका साहका अनुसार ज्यालादारीमै कर्मचारी राख्ने हो भने अनुभवीमा मान्छेलाई राखौं भन्दा नगरप्रमुखले नमानेर आपूmले प्रस्तावित गरेको व्यक्तिहरुलाई दवाव दिएर राख्न लगाएको  र  नगरपालिकाको कार्यपालिका बैठकमै पटक पटक ज्यालादारीमा ककसलाई के कामको लागि राखिएको र अनावश्यकलाई हटाउनुपर्छ भन्ने कुरा उठेको थियो  ।
दैनिक ज्यालादारीबाट हटाइएको विषयमा गत जेष्ठ २३ गते नै संङघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय, नगरप्रमुख, नगरउपप्रमुख,आर्थिक प्रशासन शाखा र विषयगत शाखा सबैलाई जानकारी गराइएको छ । तर नगरप्रमुख ललन प्रसाद गुप्ताले चारै जनालाई अहिलेसम्म काममा लगाउँदै आएका छन् ।
 

प्रतिक्रिया