राजविराजमा वेश्यावृती गराएको आरोपमा गेष्ट हाउसका संचालक र म्यानेजर पक्राउ

  • मंसिर १0, २0८0
  • 0
...


रामनाथ राम
राजविराज,मंसिर १० गते ।
राजविराजमा वेश्यावृती गराएको आरोपमा एक गेष्ट हाउस संचालकलाई प्रहरीले पक्राउ गरी कार्यवाही अघि बढाएका छन् ।
सप्तरी राजविराज न.पा. वडा नं .३  स्थित रहेको लक्ष्मी गेष्ट हाउसमा वेश्यावृती भईरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट उक्त गेष्ट हाउसमा प्रहरी टोली खटिजाँदा महिलाहरुलाई बिभिन्न प्रलोभन देखाई जबरजस्ती वेश्यावृती गराउने कार्य भईरहेको  प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी ढुण्डिराज नेउपानेका अनुसार उक्त गेष्ट हाउसका सञ्चालक राजविराज नगरपालिका वडा नं. ६ बस्ने बर्ष ५७ को अरुण चन्द्र मिश्र र गेष्ट हाउसका मेनेजर महादेवा गाउँपालिका वडा नं. २ बस्ने बर्ष ४१ को राम प्रकाश मण्डल लाई पक्राउ गरी मानवबेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अन्तर्गतको कसुरमा सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भईरहेको छ । उक्त गेष्ट हाउसबाट पाँच जना युवती समेत फेला परेका छन् ।   गेष्ट हाउसको कोठाबाट फेला परेका युवती मध्ये चार जना सप्तरीको तथा एक जना सुनसरीको रहेको प्रवक्ता नेउपानेले बताए । उक्त गेष्ट हाउसमा सामुहिक रुपमा राखी यौनजन्य कार्यमा लगाउने गरेको खुल्न आएको प्रहरीको भनाई छ । गेष्ट हाउसमा फेला परेका युवतीहरुलाई आवश्यक सचेतनासहित अभिभावकको जिम्मा लगाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
सप्तरीका अधिकाश गेष्ट हाउस र होटेलमा खुलेआम वेश्यावृती भईरहेको भएपनि प्रहरीले चासो नदिएको नागरिक समाजका अगुवाहरुको आरोप प्रहरीमाथि लाग्ने गरेको छ ।

प्रतिक्रिया