सप्तरी कारागारमा कैदीको मृत्यु भएपछि मानवअधिकर्मीद्धारा अनुगमन

  • मंसिर १0, २0८0
  • 0
...


राजविराज,मङ्सिर १०  गते ।  
सप्तरी कारागारमा एक जना कैदीको मृत्यु भएपछि मानवअधिकर्मीहरुद्धारा  आईतबार करागार अनुगमन गरिएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र एडभोकेसी फोरम मधेस प्रदेश कार्यालय, जनकपुरधामको टोलीले मङ्सिर १० गते राजविराजनगरपालिका–६ स्थित जिल्ला कारागारको अनुगमन गरेको छ । इन्सेकमधेस प्रदेश संयोजक राजु पासवान, इन्सेक प्रतिनिधिमनोहर कुमार पोखरेल, एडभोकेसी फोरम मधेस प्रदेशका संयोजकसमेत रहनुभएकाअधिवक्ता राजकुमार महासेठ सम्मिलित टोलीले जिल्ला कारागारको निरीक्षण तथाअनुगमनगर्नुका साथै मङ्सिर ५ गते कारागारमा मृत्यु भएका कैदी ६५ वर्षीय नन्दीलाल मण्डलबारे जानकारी लिएको छ ।
टोलीले मृतक मण्डलका परिवारका सदस्य, अस्पतालका कर्मचारीका साथै कैदीबन्दीसँग छलफल गरेको छ ।१ सय २५ जनाबन्दीक्षमता रहेको जिल्ला कारागारमा कैद तोकिएका १ सय९३जना र कैद नतोकिएका२ सय ४४जनाबन्दीगरी ४ सय ३७जनाकैदीबन्दीहरू रहेका छन् ।जसमा १०जनामहिला कैदी र १४ जनामहिलाबन्दी रहेका छन् । कारागारभित्र १७जनापुरुष र १ जनामहिलाभारतीय कैदीबन्दी रहेका छन् । जीर्ण कारागारमा झण्डै चार गुणा कैदीबन्दीहरू कोचिएर बस्नुपर्ने अवस्थाले बस्न समस्याभएको चौकिदार कामेश्वर यादवले बताउनु भयो । 
कारागारका निमित्तप्रशासक सदानन्ददासकाअनुसार फैसला ढिलोहुँदा ठूलो सङ्ख्यामा कैदीभन्दा बढी बन्दीहरु राख्नु परेको र करिब ५० जनाकैदीबन्दीहरू दिर्घरोगीरहेका छन् ।कैदीबन्दीको चापले सुत्नका साथै शौचालयर ट्युववेल प्रयोगमाकठिनाइ भएको कैदीबन्दीहरुले बताए । हिँडडुल गर्ने ठाउँ, खेलकुद सामग्री र पुस्तकहरूको अभावभएको र सीपमुलकतालिमको व्यवस्थानभएको बन्दी कोशिलादेबीदासले बताउनु भयो ।
टोलीले कारागारमा मृत्यु भएका कैदी मण्डलको राजविराजनगरपालिका–१५ मुसहरनियाँस्थित घर गएर समवेदना प्रकट गर्दै उनको परिवारसँग घटनाबारे जानकारी लिएको छ । टोलीले मृतकका छोरा केशवकुमार मण्डल, दाजु महेशनारायण मण्डलसहित परिवारका सदस्यहरुसँग छलफल गरेको छ । कैदी मण्डलको उपचार र मृत्युकाबारेमा अस्पताल पुगेर टोलीले जानकारी लिएको छ । खुट्टा सुन्निएको तथाझमझमाउने र पोल्ने गरेको कैदी मण्डलको स्वासप्रस्वासमा समस्या देखिएपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल र छिन्नमस्ता अस्पतालमा उपचार भएको थियो । 
मङ्सिर ५ गते विहानको खानाखाएर केहीबेर आराम गरेपछि शौचालयगएका मण्डल निक्लेर ट्युवेलमाहातखुट्टा धोइरहेका बेलाएक्कासी लडेर बेहोस भएपछि तत्कालै उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पु¥याइएको निमित्त कारागार प्रशासकदासले बताउनु भयो ।
अस्पताल पुरयाउनु अघि नै मण्डलको मृत्यु भइसकेको भनेर डाक्टर अमितयादवले मङ्सिर ५ गते दिउँसो १२ः१० बजे मृत घोषणा गरेका थिए । अस्पतालल्याउँदा मृत्यु भइसकेकोशवको पोष्टमार्टम सोही अस्पतालमा डाक्टर राजेन्द्रप्रसाद साहको टोलीले मङ्सिर ६ गते विहान गरेको आकस्मिककक्षकाप्रमुखधनेश्वर साहले बताउनु भयो ।शवको भिसेरा रिपोर्टका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला पठाइएकोले मृत्युको कारण आउनकेहीदिनलाग्ने अस्पतालका रेकर्डर ममता साहले जानकारी दिनुभयो ।

फोटोहरु संलग्न छ ः
कैदीनन्दीलाल मण्डलका परिवारसँग टोली ।
कारागारका निमित्तप्रशासकसँग टोली
 

प्रतिक्रिया